नाबालिकालाई बन्धक बनाई जबरजस्ती करणी गर्ने शिक्षक पाेखराबाट पक्राउ
पोखरामा एक बालिकालाई बन्धक बनाई जबरजस्ती करणी गर्ने एक शिक्षक पक्राउ गरिएको छ ।
बुधबार मोरङ जिल्लाको बिराटनगर घर भई हाल उदयपुर जिल्ला चौदण्डी न.पा. वडा नं. ७ बस्ने म्यारीगोल्ड सेकेन्डरी बोर्डिङ स्कूलमा अध्यापन गराउने शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा २८ बर्षीय राकेश कुमार कानोडिया रहेको बताइएको छ । कानोडियाले उदयपूर बस्ने १४ बर्षीया नाबालिकालाई बन्धक बनाई करणी गरेको बताइएको छ ।
निजले पोखराको लेकसाइड डिहिकोपाटनमा रहेको द कन्ट्री यार्ड होटलको एक कोठामा ल्याई बन्धक बनाएको प्रहरीले जनाएको छ ।
कानोडियाले नाबालिकाले प्रयोग गरेको मोबाइल समेत नियन्त्रणमा लिई अविभावकसंग सम्पर्क समेत गर्न नदिई बन्धक बनाई राखेको अवस्थामा प्रहरीले निलाई पक्राउ गर्नुका साथै नाबालिकालाई उद्दार गरी अविभावकको जिम्मा लगाईएको छ ।
निज नाबालिकालाई बिगत ८ दिनदेखी होटलको कोठामा राखी जबरजस्ती करणी समेत गर्ने कार्यमा संलग्न राकेश कुमार कानोडियालाई नियन्त्रणमा लिई कानुनी कारवाही अगाडी बढाइएको छ ।

