बसमा छुटेको २ लाख सम्बन्धित धनीलाई फिर्ता
पोखरा महानगरपालिका वडा नं. २ बाग्लुङ बसपार्कबाट पोखरा ३३ बागमारा तर्फ गईरहेको बसमा छुटेको नगद २ लाख सम्बन्धित धनीलाई फिर्ता गरिएको प्रहरीले जनाएको छ ।
बुधबार पोखरा महानगरपालिकाको वडा नं. २ बाग्लुङ बसपार्कबाट पोखरा ३३ बागमारा तर्फ गईरहेको ना ६ ख ८४१२ नं. को यात्रु बाहक बसमा नगद २ लाख सहितको झोला छुटेको प्रहरीलाई जानकारी गराइएको थियो ।
प्रहरीले उक्त सवारी साधनलाई रोकेर चेकजाँच गर्दा नगद रहेको झोला फेला पारी सम्बन्धित धनी पोखरा ३३ बस्ने शान्ति पाध्यालाई जिम्मा लगाईएको प्रहरीले जानकराी दिएको छ ।
Facebook Comments

