लायन्स क्लब अफ पोखरा गण्डकी स्टेटद्वारा न्यानो कपडा तथा व्हीलचेयर वितरण

लायन्स क्लब अफ पोखरा गण्डकी स्टेटको आयोजनामा पोखरा महानगरपालिका वडानं २२ शुक्रराज माध्यामिक विद्यालय र दुर्गा आधारभुत विद्यालयमा न्यानो कपडा विरतण गरेको छ । शुक्रराज माध्यामिक विद्यालयका ७५ जना र दुर्गा आधारभुत विद्यालयका ४२ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद रामजीप्रसाद बराल(जिवन) र क्लबका अध्यक्ष अमृत बरालले न्यानो कपडा वितरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै सांसद बरालले शैक्षिक क्षेत्रमा लायन्सले गरेको सहयोग प्रंशसा गर्दै शिक्षा क्षेत्र राम्रो बनाउन सवैको साथ र सहयोग चाहिने बताउनुभयो ।

कार्यक्रममा पोखरा १५ रामबजारकी पार्वती गुरुङलाई व्हीलचेयर वितरण गरिएको थियो । कार्यक्रमका विशेष अतिथि सिनियर एओजी विश्वेश्वरप्रसाद आचार्यले शिक्षामा लगानी महत्वपुर्णभएको भन्दै लायन्स क्लबहरुले शिक्षामा लगानी गर्दै गएको बताउनुभयो ।

वडा नं. २२ का वडा अध्यक्ष मित्रलाल बराल, शुक्रराज माविका प्रधानाध्यापक नरनाथ बराल, लायन्स क्बल अन्नपुर्णका अध्यक्ष दिनेश तुलाचन लगायतले बोल्नुभएको कार्यक्रममा स्वागत क्बलका प्रथम उपाध्यक्ष शिव गौतम सञ्चालन सचिव रमाकान्त गौतमले गर्नुभएको कार्यक्रम क्लबका अध्यक्ष अमृत बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments