उत्तरी गाेर्खाकाे एक ओढारमा १६ किलाे सुन भेटियाे

गोरखामा १६ किलोग्राम सुन बरामद भएको छ । धार्चे गाउँपालिका खोर्लाबेसीको एक ओडारमा लुकाइराखेको सुन बरामद गरिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।

सुनसिहत एकजना व्यक्ति पनि पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।

सुन बरामद भएको स्थान गोरखाको उत्तरी क्षेत्रमा पर्छ । पक्राउ परेका व्यक्ति र सुन सदरमुकामतर्फ ल्याउँदै गरेको  प्रहरीले जनाएको छ ।

सुन चिनीयाँ नाकाबाट नेपाल ल्याइएकाे हुन सक्ने प्रहरीले अनुमान गरेकाे छ । चुम्रीनुब्री गाउँपालिकाका धनकमल गुरूङले खच्चडमा सुन ल्याएकाे बताइएकाे छ ।

लुटेराले गुरूङसँग सुन खाेस्न खाेजेपछि ओढारमा लुकाएर भागेकाे बताइएकाे छ । गुरूङलाइ काठमाण्डाैमा पक्राउ गरिएकाे र निजले दिएकाे सूचनाका आधारमा सुन बराम गरिएकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments