पोखरामा अनुगमन टोलीद्वारा औषधि पसलमा अनुगमन(प्रतिवेदन सहित)
जिल्ला प्रशासन कार्यालय, कास्कीले बजार अनुगमन गरेको छ । पोखराका विभिन्न मेडिकल र खाजाघरमा अनुगमन गरिएको बजार अनुगमन टोलीले जनाएको छ । अनुगमनका क्रममा विभिन्न मेडिकलहरुमा म्याद गुज्रेका औषधिहरु भेटिएको भन्दै त्यसलाई अलग्गै राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको जनाइएको छ ।
साथै सम्बन्धित व्यक्तिले मात्र औषधि वितरण गर्नुपर्ने र आवश्यक दर्ता सम्बन्धि कागजातका साथ उपस्थित हुन निर्देशन दिएको पनि टोलीले जनाएको छ । (हेर्नुस् अनुगमन टोलीले तयार पारेको प्रतिवेदन)

Facebook Comments

