सुत्केरीको मृत्युभएपछि पोखराको सामुदायिक अस्पतालमा तनाव

पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचारको क्रममा एक सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव भएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका ७, लान्द्रुक घर भई पोखरा १४, चाउथे बस्दै आएकी ३३ वर्षीया निशाकुमारी थापाको उपचारको क्रममा शुक्रबार विहान ४ बजे निधन भएको अस्पतालले जनाएको छ ।

अत्याधिक रक्तश्रावका कारण बिरामीको मृत्यु भएको बताइएको छ । सुत्केरीको रक्तश्राव भइरहेको जानकारी हुँदाहुँदै उपचारमा संलग्न डाक्टर र नर्सले लापरवाही गरेको आफन्तले जनाएका छन् ।

अस्पताल परिसरमा मृतकका सयौं आफन्त जम्मा भएपछि सुरक्षाका लागि भन्दै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरीको टोली खटिएको छ । प्रहरी र मृतकका आफन्तवीच झडप हुँदा ७ जना घाइते भएका छन् ।

अस्पताल र उपचारमा संलग्न चिकित्सकले गल्ती स्वीकार गरी उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने मृतकका आफन्तले माग राखेका छन् ।

निशाले तोकिएको समयमै अस्पताल आएर नियमित गर्भ परीक्षण गराउँदै आएको पनि परिवारका सदसयले बताएका छन् ।

सुत्केरी हुन उक्त अस्पतालमा बिहीबार बिहान ८ बजे पुगेकी उनले साँझ पौने ८ बजेतिर सामान्य अवस्थामै (बिना अप्रेसन) बच्चा जन्माएको अस्पताल श्रोतले जनाएको छ ।
बच्चा जन्मेपछि निरन्तर रक्तश्राव भएको र सो बारे नर्सलाई जानकारी गराउँदा ध्यान नदिएको मृतककी बहिनीको भनाई छ ।
दिदीलाई कुर्न बसेको थापाले डाक्टरले गम्भीरताका साथ नहरेको र नर्सलाई पटकपटक रक्तश्राव भइरहेको छ बिरामीलाई गाह्रो भयो भन्दा वास्ता नगरेको बताउनुभयो । बच्चाको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

बजे पुगेकी उनले साँझ पौने ८ बजेतिर सामान्य अवस्थामै (बिना अप्रेसन) बच्चा जन्माएको अस्पताल श्रोतले जनाएको छ ।
बच्चा जन्मेपछि निरन्तर रक्तश्राव भएको र सो बारे नर्सलाई जानकारी गराउँदा ध्यान नदिएको मृतककी बहिनीको भनाई छ ।
दिदीलाई कुर्न बसेको थापाले डाक्टरले गम्भीरताका साथ नहरेको र नर्सलाई पटकपटक रक्तश्राव भइरहेको छ बिरामीलाई गाह्रो भयो भन्दा वास्ता नगरेको बताउनुभयो । बच्चाको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. छममाया पुनको टोलीले थापाको उपचार गराएको थियो । उहाँले अत्याधिक रक्तश्राव भएपछि अन्तिम विकल्पका रुपमा परिवारकै सल्लाहमा पाठेघरको अप्रेशन गरिएको जानकारी दिनुभयो ।

सुत्केरी महिलालाई बचाउन भरमग्दुर प्रयास गरेपनि नसकेको उपचारमा संलग्न डा.पुनले जानकारी दिनुभयो । आन्दोलनरत पक्ष र अस्पताल प्रशासनको रोहवरमा शुक्रबार भएको सामान्य छलफलमा घटनाबारे पुनले यस्तो जानकारी दिनुभयो ।

Facebook Comments