पञ्चासे अर्गानिक कृषि फार्मद्वारा बाँझाे जग्गामा अलैंची खेती, यस वर्ष २० लाखको उत्पादन हुने

पोखरा महानगरपालिका वडानं १९मा रहेको पञ्चासे अर्गानिक कृषि फार्मले यस बर्ष २० लाखको अलैंची विक्रि गर्ने भएको छ ।

चार बर्ष अगाडि साविकको पुरन्चौर गाविस हालको पोखरा महानगरपालिका वडान १९ पैहुँ देउरालीमा ४ सय पचास रोपनी क्षेत्रफलमा अलैंची खेती गरिएको फार्मका ब्यवस्थापक बासुदेव तिवारीले जानकारी दिनुभयो ।

तिवारीका अनुसार अहिले सम्म लगानी १ करोड ५० लाख भएको र यस बर्ष बाट अलैंची उत्पादन ब्यवसायिक रुपमा उत्पादन हुन थालेको हाे ।

अहिलेको बजार मुल्य र फार्मकाे उत्पादन हेर्दा यस वर्ष झण्डै २० लाखको अलैंची उत्पादन हुने कम्पनीले अनुमान गरेको छ ।

कृषि विकास निर्देशनालयका कार्यालय प्रमुख डाक्टर शान्ता कार्कीले कास्की जिल्ला र पञ्चासे क्षेत्रमा अलैंची खेतीकाे प्रचुर सम्भावना रहेको बताउनुभयो ।

फार्मको अबलोकन गर्दे डाक्टर कार्कीले हावापानी राम्रो रहेको र गाँज र विरुवा पनि स्वास्थयकर भएकोले उत्पादन पनि गुणस्तरीय हुने बताउनुभयो ।

नेपालबाट विदेश निर्यात हुने बालीभएकोले बाँझो जग्गाहरुकाे उपयाेग गरी राम्राे आम्दानी गर्न सकिने कार्कीकाे भनाइ छ ।

प्राविधिक रुपमा अलैचीको लागि पानी नजम्ने भीरालो र चिस्यान युक्त जमिन उपयुक्त हुने डाक्टर कार्कीले जानकारी दिनुभयाे ।

कम्पनीले महानगरपालिका भित्रै पनि विधुत नभएकोले अलैंची सुकाउन टाडा लैजानु पर्दा लागत मुल्य बढेको जनाएको छ ।

त्यस ठाउँमा १६ घर रहेकोमा सवै बसाई सरेर बजार झरेपछि घरखाली र जग्गा बाँझो भएको थियाे । साेही ठाउँमा पञ्चासे अर्गानिक कृषि फार्मले पच्चीस बर्षको लागि जग्गा भाडामा लिएर अलैची खेती शुरू गरेको हाे ।

Facebook Comments