गण्डकी प्रदेशकाे पर्यटन प्रबर्द्धन अभियान जारी

गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन भ्रमण वर्षलाई सफल बनाउन बुधबार देखि १६ गतेसम्म देशका विभिन्न क्षेत्रमा प्रबर्द्धनात्मक अभियान शुरु गरेको छ ।

अभियान अन्तर्गत पाल्पा र बुटवलमा कार्यक्रम भएकाे छ ।

अभियानको नेतृत्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गर्नुभएको छ ।अभियानमा सरकारी कर्मचारी, पत्रकार, कलाकार, पर्यटन व्यवसायिक तथा उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, लगायत विभिन्न क्षेत्रका ५० जनाको सहभागिता छ ।

अभियानमा सहभागी टोलीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एक कार्यक्रमका वीच बुधबार विदाई गर्नुभयो ।

सो अवसरमा गुरुङले गण्डकी प्रदेशको पर्यटनको आधार भनेको प्रकृति र संस्कृति भएकोले सोहीअनुसार प्रचारप्रसार गर्न सुझाब दिनुभयो ।

अभियानका क्रममा गण्डकी सरकारले अन्य प्रदेशको भ्रमण गरी सरोकारवाला र प्रदेश सरकारलाई निम्ता दिने छ ।

अभियानको नेतृत्वकर्ता तथा उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशको सम्बृद्धिको आधार भनेको पर्यटन भएकाले यस वर्षको अन्त्यसम्ममा १५ लाख पर्यटक भित्राउने दावी सहित अभियान शुरु गरिएको हो ।

नेपाल भ्रमण वर्ष २०२० अघि गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष २०१९ मनाइरहेको छ । आन्तरिक पर्यटन वर्षमा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने र २०२२ भित्रमा २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य सरकारको छ ।

सरकारले लिएको सो लक्ष्य पूरा गर्न करिब साढे तीन महिना मात्र बाँकी छ । यस अवधिमा १५ लाख पर्यटक भित्र्याउने र नेपाल सरकारको भ्रमण वर्ष २०२० लाई सघाउने उद्देश्यले प्रदेश सरकारले एक हप्ता देश दौडाहा अभियान चलाएको हो ।

पोखरा पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले यस प्रदेशको पर्यटन विकासमा मात्रै नभई पर्यटन विकासमा देखिने चुनौतीको पनि सरकारसँगै मिलेर सामना गर्न आफूहरु तयार रहेको बताए बताउनु भयो ।

कार्यक्रममा सरकार र व्यवसायिक प्रतिष्ठान बीचमा व्यापारिक सहकार्य, व्यापारीहरु बीचको अनुभव साटसाट, फोटो प्रर्दशनी, पत्रकार सम्मेलन, सांस्कृतिक कार्यक्रम लगायत कार्यक्रम सञ्चालन गर्नेछ ।

अभियानको क्रममा बाटोमा पर्ने तानसेन, नवलपुरको अमलटारी, चितवनको भरतपुर, मकवानपुरको हेटौडा, धनुषाको जनकपुरधाम, सुनसरीको धरान र झापाको विर्तामोडमा पनि साक्षात्कार गर्ने बताइएको छ ।

अभियानअन्तर्गत प्रदेश ५ को मणिग्राम, प्रदेश २ को वीरगञ्ज, प्रदेश १ को विराटनगर र प्रदेश ३ को काठमाडौंमा संघीय र प्रदेश सरकारबीच व्यावसायिक कार्यक्रम (जीटुजी), सरकार र व्यावसायिक प्रतिष्ठानबीचमा व्यापारिक सहकार्य (जीटुबी), व्यापारीबीचको अनुभाव साटसाट, सहकार्य (बीटुबी) लगायतका कार्यहरू हुने जनाइएको छ ।

यस्तै चर्चित कलाकारहरु प्रजापती पराजुली , प्रकाश सपुत लगायतका कलाकारले गण्डकी प्रदेशको सांस्कृतिक पक्ष झल्काउने नाचगान समेत प्रस्तुत गर्नेछन् ।

गण्डकी क्षेत्रका प्राकृतिक, सांस्कृतिक तथा साहसिक गतिविधिका तस्बिरहरु पोखरा फोटो पत्रकार संघले आयोजना गर्नेछ ।

फोटो प्रर्दशनी मार्फत यस प्रदेशको प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता, सहासिक पर्यटन गतिविधिका सुन्दर दृष्यहरुको प्रर्दशनी गरिनेछ । साथै अभियान टोलीसँग स्थानीय पत्रकार भेटघाट लगायतका कार्यक्रम समेत गरिने बताइएकाे छ ।

Facebook Comments