सागः भलिबलका खेलहरू सुरू हुँदै

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत भलिबलका खेलहरु बुधबारदेखि सुरु हुँदैछन् ।

उद्घाटन खेलमा नेपाली महिला टोलीले दिउँसो ३ बजे बंगलादेशसँग खेल्ने खेल तालिका रहेकाे छ । तालिका अनुसार साँझ ५ बजे माल्दिभ्स र पाकिस्तान खेल्नेछन् ।

नेपाली महिला टोलीलाई स्वर्णपदकको दावेदार पनि मानिएको छ । पुरुष भलिबल टिमले बेलुकी ७ बजे बंगलादेशसँग खेल्ने तालिका रहेकाे छ ।

महिला तथा पुरुष दुवै विधाका खेलहरु दशरथ रंगशालास्थित कभर्ड हलमा हुनेछन् ।

सागको भलिबलमा पुरुष र महिलातर्फ समान ६ टिम रहेका छन् । समूह ए मा नेपाल, बंगलादेश र भारत तथा समूह बी मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् । 

सागकाे औपचारिक उद्घाटन भने आगामी आइतबारमा हुने छ ।

Facebook Comments