महिला भलिबलमा नेपाल विजयी

१३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालले विजयी सुरूवात गरेकाे छ ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै सानदार जीत हाँसिल गरेकाे हाे ।

पहिलो सेट र दोस्रो सेट २५-९ ले जितेको नेपालले तेस्रो सेट २५-११ ले आफ्नो पक्षमा पारेको हाे ।

१३ औं सागको नेपाल रहेको महिलाको समूहमा ‍बंगलादेश र भारत छन्। सागकाे उद्घाटन आगामि आ इतबार हुने भएपनि भलिबलका खेलहरू भने सुरू भएका हुन् ।

Facebook Comments