सभामुख चयन प्रक्रिया लम्बिने
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र सहमति जुट्न नसक्दा रिक्त रहेकाे सभामुख चयन प्रक्रिया लम्बिने भएकाे छ ।
तत्कालीन सभामुख कृष्णबहादुर महराले याैन दुर्व्यवहारकाे आराेप लागेका कारण राजीनामा दिएपछि सभामुख पद असाेजयता रिक्त रहेकाे छ ।
संविधानमा सभामुख र उपसभामुख फरक राजनीतिक पार्टी र फरक लिंगकाे हुनुपर्ने प्रावधान रहेका कारण नेकपा अफ्टेराेमा छ ।
हाल नेकपाकाे तर्फबाट उपसभामुख बन्नुभएकी शिवमाया तुम्बाहाङ्फेको राजीनामा गराएर सभामुखमा पार्टीका तर्फबाट उम्मेदवार दिने नेकपाकाे तयारी छ ।
उपसभामुख तुम्बाहाङ्फे स्वयंकाे पनि सभामुख पदका लागि दावी रहेकाे बताइन्छ ।
यसअघि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुखका लागि नेकपाभित्र सहमति भएपछि ११ गतेसम्म उपसभामुखकाे राजीनमा आउने बताए पनि नेकपामा सहमति जुटन सकेकाे छैन ।
तर सभामुखलाई लिएर नेकपाभित्र सहमति नजुटेकाले आज हुने भनिएको संसदको बैठक सूचना टाँसेर स्थगित हुने सम्भावना रहेकाे श्राेतले बताएक्ाे छ ।
सभामुखमा पुर्व एमाले र पूर्व माओवादी दुवै पक्षले दावी गर्दै आइरहेका छन्।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले पूर्व सभामुख एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्नि सापकोटालाई सभामुख बनाउन चाहेकाे बताइन्छ ।

