अनसनरत डा.गोविन्द केसीको समर्थनमा विवेकशील साझाको प्रदर्शन
विवेकशील साझा पार्टीले अनसनरत डा.गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरेको छ । अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न दबाब दिँदै काठमाण्डौको माइतीघरबाट नयाँ बानेश्वरमा प्रदर्शन गरिएको हो ।

र्यालीका सहभागीहरुले डा.केसीसँगको सम्झौता पालना गर, ब्यापारीलाई पौस्यौ स्वास्थ्य सेवा खोस्यौ, संसदीय सर्वोच्चता दुरुपयोग नगर, राष्ट्रियसभा गल्ती सच्याउ, प्रधानमन्त्री ओली अर्थहीन भए बोली भन्ने नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. केसी १६ औं अनसनमा रहनुभएको छ । डा. केसीको जीवन रक्षा गर्न र केसीका माग पूरा गर्न दबाब दिँदै चिकित्सक संघ, विवेकशील साझा पार्टी र समूहले निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् ।
(तस्वीर महेश भण्डारीको फेसबुकबाट)
Facebook Comments

