प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार झण्डै एक घण्टा ओली र प्रचण्डबीच एक्ला एक्लै भेटवार्ता भएको हो ।

दुई अध्यक्षवीचकाे भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएकाे बुझिएकाे छ ।

दुई अध्यक्षबीचको भेटमा मंसिर १४ हुने उपनिर्वाचन, पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता लगायतका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।

पछिल्लाे समय नेकपाका दुई अध्यक्षवीच मतभेद बढेकाे समाचार सार्वजनिक भएका थिए । पार्टी एकता हुँदा दुई नेतावीच भएका भद्र सहमति कार्यन्वयनबारे शंका उपशंका हुने गरेका छन् ।

असंग्लन राष्ट्रहरूकाे शिखर बैठकमा सहभागी भएर बाकुबाट फर्कने क्रममा प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफुहरुबीच दुरी नबढेको बताउनुभएकाे थियाे ।

नेकपामा प्रधानमन्त्री पद आलाे पालाे गर्ने र पार्टी नेतृत्वका विषयमा बेला बेलामा मतभेद सार्वजनिक हुने गरेकाे छ ।

Facebook Comments