कक्षा १२ को परीक्षाफल सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षा बोर्ड स्रोतका अनुसार परीक्षाफल प्रकाशित गर्नुअघि सञ्चालकहरूको बैठक बसेकाे थियाे ।
परीक्षाफल प्रकाशन गर्न बैठकमार्फत निर्णय गराउने प्रचलन छ । विगतमा विज्ञान र अन्य विषयको परीक्षा अलग अलग समयमा प्रकाशन हुने गरेकामा यसपटक सबै विषयको परीक्षाफल एकैपटक प्रकाशित गरिएकाे हाे ।
कक्षा १२ को परीक्षा गत वैशाखमा सञ्चालन भएको थियो । उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको छ ।
परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए ।
Facebook Comments

