एनएमबि र ओमको एकीकृत कारोबार सुरु, बैंककाे नाम एनएमबि रहने

एनएमबि बैंक लि. र ओम डेभलपमेन्ट बैंक लि. बीच एकीकृत कारोबार सुरु भएको छ । बैंककाे नाम एनएमबि रहने भएकाे छ ।

शनिबार पोखरामा आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले एकीकृत कारोबारकाे शुभारम्भ गर्नुभएकाे हाे ।

उक्त अवसरमा बोल्दै प्रमुख अतिथि मन्त्री गुरुङले मुलुकको समृद्धिको अभियानमा बैंकहरुको योगदान हुनुपर्ने बताउनुभयाे ।

दुवै संस्था गाभिए पश्चात बैंकको चुक्ता पुँजी ११ अब ५३ करोड रुपैयाँ पुगेको छ । ८ अर्ब ६२ करोड रुपैयाँको कोषसहित गरी पुँजी २० अर्ब १५ करोड रुपैयाँ पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिनुभयाे ।

मर्जर पश्चात बैंकको मुख्य कार्यालय एनएमबि भवन बबरमहल काठमाडौंमा रहने भएकाे छ ।

दुवै संस्था गाभिए पश्चात एनएमबि बैंकको शाखा सञ्जाल १ सय ६३, एटिएमहरुको सञ्जाल १ सय २८ पुगेको छ । एक्स्टेन्सन काउन्टर संख्या ५ पुगेको छ ।

गण्डकी प्रदेशमा मात्रै बैंकका ३९ शाखाहरु रहेसँगै सबैभन्दा बढी शाखा सञ्जाल भएको बैंक समेत भएकाे छ ।

कार्यक्रममा बोल्दै बैंकका सञ्चालक राजेन्द्र काफ्ले एनएमबि र ओमको एकीकृत कारोबार शुभारम्भसँगै बैंक अझ बढी सशक्त भएको बताउनुभयाे ।

Facebook Comments