विद्यार्थी नेतृ आस्था प्रहरी नियन्त्रणमा
बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)की केन्द्रिय सदस्य एबम कास्की जिल्लाकी कार्यबाहक अध्यक्ष आस्था नेपाली र बृद्ध किसान मेघनाथ आचार्यलाई प्रहरीले गिरफ्तार गरेको छ।
पोखरा महानगरपालिका वडा नं ३३ लामगादी निवासी मेघनाथ आचार्यलाई विप्लवको कार्यकर्ता भनेर सोधपुछको लागि भन्दै आज बिहान प्रहरीले गिरफ्तार गरेको हो।
लेखनाथ क्षेत्रमा नै दुग्ध उत्पादक किसानका रुपमा परिचित आचार्यलाई आफनै घरमा गाईभैंसीको स्याहारसुसार गरिरहेको अवस्थामा सादा पोशाकका प्रहरी टाेलीले गिरफ्तार गरेको हाे ।
यसैबीच ढिलो गरी प्राप्त जानाकारा अनुसार, बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)की केन्द्रिय सदस्य एबम कास्की जिल्लाकी कार्यबाहक अध्यक्ष आस्था नेपालीलाई स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर १ हुमिकोटबाट करिब एक हप्ता अघि गिरफ्तार गरेको छ।
आफ्ना माहिला हजुरबुबा टहलसिंह नेपालीको स्वर्गारोहण पछि हुने धार्मिक परम्परामा सहभागी हुन् आफ्नो पुर्ख्यौली थलो पुगेकी नेत्री आस्थालाई स्याङ्जा प्रहरीले गिरफ्तार गरेको हो।
हाल जिल्ला प्रहरी कार्यालय स्याङ्जाको हिरासतमा रहेकी उनलाई प्रहरीले सार्वजनिक अपराध सम्बन्धि मुद्दा चलाएको प्राप्त समाचारमा जनाइएको छ।
यसैवीच पोखराबाटै गिरफ्तार गरिएका पत्रकारद्वय राजकुमार घिमिरे र आश तमुलाई प्रहरीले सार्वजनिक मुद्दा चलाई हिरासतमा राखेको छ।
पत्रकार महासंघ लगायतका संस्थाले पक्राउ परेका पत्रकारकाे रिहाइकाे माग गरेपनि हुन सकेकाे छैन् ।

