प्रधानमन्त्रीकाे स्वास्थ्यमा उल्लेख्य सुधार, एक साता अस्पताल बस्नुपर्ने

चिकित्सकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेकाे जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरकाे सघन उपचार कक्षमा उपचार भइरहेकाे छ ।

प्रधानमन्त्रीकाे गत मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । शुक्रबार उपचारमा संलग्न चिकित्सकहरुले पत्रकार सम्मेलन गरी स्वास्थ्य अवस्थाबारे जानकारी दिदैं प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्था खतरामुक्त रहेकाे बताएका हुन् ।

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको र उनी खतरामुक्त छ। प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिब्या सिंह शाहले भन्नुभयाे, ‘अहिलेको अवस्थामा खतरामुक्त हुनुहुन्छ । भोलि वा पर्सि वा भविष्यकाे कुरा समयले बताउँछ ।’

प्रधानमन्त्री ओलीको करिब १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय मिर्गौलाले राम्रोसँग काम नगरेपछि डायलासिस गर्न थालिएको थियो ।

डा. सिंहका अनुसार एपेन्डिसाइटिसको उपयुक्त समयमा प्रधानमन्त्री ओलीको पुनः मिर्गौला प्रत्यारोपणका लागि पनि तयारी भइरहेको छ ।

प्रधानमन्त्रीकाे यसअघि प्रत्याराेपण गरिएकाे मिर्गाैलाले काम गर्न छाडेपछि नियमित डायलासिस या पुनः प्रत्याराेपणकाे विकल्प रहेकाे चिकित्सकहरूले बताएका छन् ।

Facebook Comments