आहा रारा गोल्डकपका लागि व्यवसायी गुरुङको सहयोग

१७ औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताका लागि सहारा क्लब, हङकङका सल्लाहाकार देव गुरुङले नगद सहयोग गर्नुभएको छ । प्रतियोतिगा सफलताको लागि यसअघि पनि निरन्तर सहयोग पुर्याउँदै आउनुभएका समाजसेवी गुरुङले यस वर्ष पनि ५१ हजार सहयोग गर्नुभएको हो । सहारा क्लव पोखराले समाजसेवी व्यक्तित्व गुरुङको सहयोगप्रति आभार प्रकट गरेको छ ।

मंगलबार एक कार्यक्रमका बीच सहारा क्लव पोखराका अध्यक्ष केशवबहादुर थापालाई उहाँले सहयोग रकम हस्तान्तरण गर्नुभएका हो । घाचोक घर भई हाल हङकङमै पेशा ब्यवसाय गर्दै आएका गुरुङले पाँचौ पटक प्रतियोगिताका लागि सहयोग गर्नुभएको हो ।

Facebook Comments