कांग्रेस नेताको नाममा रहेका अस्पताल केन्द्र मातहत राखिने
सरकारले नेपाली कांग्रेसका नेताको नाममा रहेका अस्पताल संघीय सरकार मातहत ल्याउने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले गिरिजाप्रसाद कोइरालाको नाममा रहेको तनहुँको स्वासप्रश्वास केन्द्र र सुशील कोइरालाको नाममा रहेको बाँकेको क्यान्सर अस्पताललाई संघीय सरकार मातहत राख्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो ।
आफ्ना नेताका नाममा रहेका अस्पताल खारेज गर्न खोजेको भन्दै कांग्रेसले पछिल्लो पटक निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो । सञ्चारमन्त्री बास्कोटाले कांग्रेस नेताको नामम रहेको अस्पतालबारे भएको निर्णय माघ १७ गतेको संसद बैठकमा जानकारी गराइने बताउनुभएको छ ।
Facebook Comments

