पारिश्रमिक र सुविधा सम्बन्धी केही प्रदेश कानूनलाई संसोधन गर्न बनेको विधेयक प्रमाणिकरण

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘पारिश्रमिक र सुविधा सम्बन्धी केही प्रदेश कानूनलाई संसोधन गर्न बनेको विधेयक’ प्रमाणिकरण गर्नुभएको छ ।

गण्डकी प्रदेश सभाको भदौ ५ गते बसेको बैठकले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले शुक्रबार प्रमाणिकरण गर्नुभएको हो ।

विधेयकलाई भदौ ११ गते गण्डकी प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि गण्डकी प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । प्रदेश प्रमुख कुँवरले शुक्रबार नै पाँच÷पाँच प्रति विधेयकमा हस्ताक्षर गरि प्रमाणिकरण गर्नुभएको थियो ।

सोही धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि विधेयक ऐन बन्छ । प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण गरेपछि त्यसको सूचना यथासम्भव चाँडो प्रदेश सभालाई दिनुपर्ने व्यवस्था छ ।

गण्डकी प्रदेश प्रमुखको कार्यालयका शाशाख अधिकृत सुरण प्रसाद शर्मा पौडेलले प्रदेश प्रमुख कुँवरले प्रमाणिकरण गरेका ती विधेयकमध्ये एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको र गण्डकी प्रदेशको प्रदेश सभा सचिवालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेश र संघीय कानून तथा संसदीय व्यवस्था मन्त्रालयमा एक÷एक प्रति शुक्रबार नै पठाइएको जानकारी दिनुभयो ।

Facebook Comments