प्रचण्डद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट
अस्पतालमा उपचार गराइरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भेट्नुभएकाे छ ।
शुक्रबार साँझ प्रधानमन्त्री ओलीलाई भेट्न शुक्रबार प्रचण्ड मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुग्नुभएकाे थियाे ।
अहिलेसम्म चिकित्सक,परिवारका सदस्य,सल्लाहाकार र सचिवालयका सदस्यबाहेक अरूलाई प्रधानमन्त्रीसँग कुराकानी गर्नबाट राेक लगाएका छन् ।
अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीवीच भेटवार्ता भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयाे ।
भेटपछि प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको अध्यक्ष प्रचण्डले जानकारी दिनुभयाे । सल्लाहाकार थापाका अनुसार भेटमा मुख्यतः प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्थाका बारेमा कुराकानी भएकाे थियाे ।
भेटमा नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले उपचुनावमा पार्टीको स्थितिबारे जानकारी लिएको अध्यक्ष प्रचण्डकाे सचिवालयले जनाएकाे छ ।
अकस्मात पेट दुखेपछि मंगलबार अस्पताल पुग्नुभएका प्रधानमन्त्री ओलीलाई परीक्षणकाे क्रममा एपेन्डिसाइटिस भएकाे पत्ता लागेकाे थियाे । चिकित्सकले मंगलबार नै प्रधानमन्त्रीकाे एपेन्डिसाइटिसकाे शल्यक्रिया गरेका थिए ।

