शिक्षा नै समाज विकासकाे आधारः नेकपा अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा नै देश विकासकाे प्रमुख आधार रहेकाे बताउनुभएकाे छ ।
चितवनको इच्छाकामना–४ कुरिनटारमा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सवको उद्घाटनमा अध्यक्ष प्रचण्डले शिक्षामा लगानी बढाउनुपर्ने बताउनुभयाे ।
समाज र राष्ट्रको विकासका प्रमुख आधार भनेको शिक्षा भएकाले राष्ट्र र समाजको विकासका लागि शिक्षामा लगानी बढाउन आवश्यक रहेको प्रचण्डकाे धारणा थियाे ।
अध्यक्ष प्रचण्डले राज्यले शिक्षालाई प्राथमिकता दिएर त्यसको विकासको निम्ति लगानी नगरेमा मुलुकमा विकास र समृद्धिले गति लिन नसक्ने उल्लेख गर्नुभयाे ।
अध्यक्ष प्रचण्डले निजी विद्यालयलाई नियमन र सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्नुपर्नेमा जाेड दिनुभयाे ।
स्वर्ण महोत्सवको अवसरमा विभिन्न खेलकूद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने विद्यालयका प्रधानाध्यापक जोहन खरेलले जानकारी दिनुभयाे ।

