नमुना स्वरेक सहयोगी समाज स्याङजाको अध्यक्षमा पुन: पाण्डेय

स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा अबस्थित नमुना स्वरेक सहयोगी समाजको अध्यक्षमा घनश्याम पाण्डेय पुन: सर्वसहमत अध्यक्षमा निर्बाचित हुनुभएको छ । समाजको दोस्रो बार्षिक साधरण सभा तथा प्रथम अधिवेशनले संस्थाका सस्थापक अध्यक्ष समेत रहनुभएका पाण्डेयको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।


समाजको उपाध्यक्षमा यामलाल शर्मा पंगेनी, सचिवमा इन्द्र प्रसाद पराजुली, सह सचिवमा कृष्ण प्रसाद पौडेल,कोषाध्यक्षमा सशी सेन र सह कोषाध्यक्षमा कौशीला पंगेनी चयन हुनुभएको छ । समाजको सदस्यहरुमा दण्डपाणी पंगेनी ,जगन्नाथ अर्याल,हरिलाल विक,गोमा शाही,मन प्रसाद अधिकारी,राजकुमार विक र टीका कोइराला चयन हुनुभएको छ । नेपाल सरकारका पुर्व सहसचिव उमाकान्त पराजुली संयोजक, भेषराज पराजुली र नन्दलाल खनाल सदस्य रहेको निर्बाचन कमिटिले निर्बाचन सर्वसहमत गराएको हो ।

साधरण सभा तथा अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका सांसद तथा विद्यायन समितिका सभापति मोहन रेग्मीले गर्नुभएको थियो । सभापति रेग्मीले स्थापनाको छोटो समयमा नमुना स्वरेक सहयोगी समाजले अन्य ठाउँले पनि सिक्न लायक कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले स्वरेकमा एम्बुलेन्स सञ्चालन गरेर स्थानीयलाई दिएको सेवा सुविधा भएको बताउनुभयो । सांसद रेग्मीले अधिवशेन पश्चात निर्वाचित समितिलाई बधाई ज्ञापन गर्दे राम्रो कार्यमा सधै आफ्नो साथ र सहयोग रहने बताउनुभयो । प्रदेश भित्र हुने विकासे कार्यमा स्वरेकलाई प्राथामिकतामा राख्नेपनि रग्मीले बताउनुभयो ।

अधिवेशनमा भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले अध्यक्षको प्रतिवेदनमा भावीयोजनामा समेटीएको एम्बुलेन्स अक्षयकोष यसै आर्थिक बर्ष सम्म १० लाख पुर्याउने लक्ष्य जसरीपनि पुरा गर्ने बताउनुभयो । नमुना स्वरेक सामाजिक कोष कतारका संस्थापक अध्यक्ष एवं समाजका संरक्षक भेषराज पराजुलीले विदेशमा बसेर पनि स्वदेश र आफ्नो जन्मभुमि प्रति देखाएको मायाले स्वरेकमा एम्वुलेन्स गुड्न सफल भएको बताउनुभयो । नमुना स्वरेक सहयोगी समाजले धेरै कार्यगर्न सक्ने शुरुमा एम्बुलेन्सबाट कामको शुरुवात गरेको बताउनुभयो । यसैविच संरक्षक पराजुलीले स्याङजा सहयोग समाज कतारले अक्षयकोष निर्माणमा सहयोगरेको नगद ५१ ह्जार रकम अध्यक्ष पाण्डेलाई हस्तान्तरण गर्नुभयो ।

यसैविच जगन्नाथ अर्यालले रेडक्रस शाखा महापुर शाखाले सहयोग गरेको १० हजारको चेक पाण्डेयलाई हस्तान्तरण गर्नुभएको थियो ।


कार्यक्रममा नेपाल सरकारका पुर्व सहसचिव उमाकान्त पराजुली, भीरकोट नगरपालिका वडा नं. ५का वडा अध्यक्ष यमप्रसाद अधिकारी (लक्ष्मण) समाजका सल्लाहकार कमल पंगेनी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । समाजका सचिव इन्द्र प्रसाद पराजुलीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष यमलाल शर्मा पंगेनीले गर्नुभएको थियो भने समाजका अध्यक्ष घनश्याम पाण्डेयको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments