प्रधानमन्त्रीकाे ग्राण्डी अस्पतालमा उपचार हुँदै
प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्याेपचार राजधानीकाे ग्राण्डी अस्पतालमा उपचार भइरहेकाे छ ।
चिकित्सकहरूले सबै उपचार प्रक्रिया सकेर बिहीबार दिउँसोसम्ममा डिस्चार्ज गर्ने तयारी गरेका छन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ ।
अर्यालका अनुसार प्रधानमन्त्रीले ठट्यौली माेडमा सी यू एट बालुवाटार या सिंहदरबार भन्ने गर्नुभएकाे छ ।
बुधबार उपचारका लागि ग्राण्डी भर्ना भएपछि प्रधानमन्त्री ओलीको एक पटक डायलासिस भइसकेको छ।
रगतमा क्रेटिनिन, युरिन र पोटासियम र शरीरमा पानीको मात्रा बढेपछि प्रधानमन्त्रीलाई अकस्मात् डायलासिस गरिएको भएपनि प्रधानमन्त्रीकाे सचिवालय र अस्पताल श्राेतले यसबारे केही बताएका छैनन् ।
प्रधानमन्त्रीकाे सचिवालयले भने नियमित स्वास्थ्यजाँचकाे प्रक्रिया अन्तर्गत अस्पताल लगिएकाे जनाएकाे छ ।

