कोरोना भाइरसबाट संक्रमितको संख्या ८ लाख ६१ हजार नाघ्यो

कोरोना भाइरस(कोभिड–१९) बाट विश्वभर ८ लाख ६१ हजार ३ सय ५ जना संक्रमित भएका छन् ।

यो भाइरसको कारण सबैभन्दा धेरै अमेरिकामा १ लाख ८९ हजार ६ सय ३३ जना संक्रमित भएका छन् ।

त्यस्तै इटालीमा १ लाख ५ हजार ९२, स्पेनमा ९५ हजार ९ सय २३, चीनमा ८२ हजार ३ सय ८, जर्मनीमा ७१ हजार ८ सय ८, फ्रान्समा ५२ हजार ८ सय ३६ जनामा संक्रमण भएको छ ।

त्यस्तै इरानमा ४४ हजार ६ सय ५, बेलायतमा २५ हजार ४ सय ९९, स्वीजरल्याण्डमा १६ हजार ६ सय ५, टर्कीमा १३ हजार ५ सय ३१, बेल्जियममा १२ हजार ७सय ७५, नेदरल्याण्डस्मा १२ हजार ६ सय ६७, अष्ट्रियामा १० हजार २ सय ९८ जना संक्रमित भएका छन् ।

त्यस्तै कारिया ९ हजार ८ सय ८७, क्यानडामा ८ हजार ५ सय ९१, पोर्चुगलमा ७ हजार ४ सय ४३, ब्राजिलमा ५ हजार ८ सय १२, इजरायलमा ५ हजार ५ सय ९१ जनामा संक्रमण देखा परेको छ ।

कोरोना भाइरसको कारण हालसम्म विश्वभर ४२ हजार ३ सय ५४ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै इटालीमा १२ हजार ४ सय २८ भएको छ ।

स्पेनमा ८ हजार ४ सय ६४, फ्रान्समा ३ हजार ५ सय २३, अमेरिकामा ४ हजार ५६ चीनमा ३ हजार ३ सय १२, इरानमा २ हजार ८ सय ९८ जनाको मृत्यु भएको हो ।
त्यस्तै गरी बेलायतमा १ हजार ७ सय ८९, जर्मनीमा ७ सय ७५, बेल्जियममा ७ सय ५, नेदरल्याण्डस्मा १ हजार ३९, जनाको मृत्यु भएको छ । स्वीजरल्याण्डमा ४ सय ३३ जनाको मृत्यु हुँदा स्वीडेन, ब्राजिल, पोर्चुगल, क्यानडा, अष्ट्रिया र टर्कीमा मृत्यु हुनेको संख्या हरेक मुलुकमा १०० नाघेको छ ।

कोरोना भाइरसको संक्रमणले यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण युरोप र अमेरिकामा तीव्र रुपमा फैलिएको छ ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

विज्ञहरुले कोरोना भाइरस संक्रमण विरुद्ध खोपको विकास गरिरहेका छन् भने हाल चालू रहेका औषधिको समेत प्रयोग गरिरहेका छन् ।

Facebook Comments