काेराेना भाइरस राेकथाम अभियानमा गरिमा बैंकले ३५ लाख सहयाेग गर्ने
गरिमा विकास बैंकले कोरोना भाइरस विरुद्ध लड्न सरकारले स्थापित गरेको कोषमा ३५ लाख सहयोग गर्ने भएको छ ।
बैंकले विज्ञप्ति जारी गरी प्रत्येक प्रदेशमा ५ लाखका दरले ३५ लाख कोरोना रोकथाप तथा नियन्त्रणका लागि सरकारले निर्माण गरेको कोषमा सहयोग गर्ने जानकारी दिएको हो ।
यसअघि पनि विभिन्न बैंक, वित्तीय संस्था तथा विभिन्न व्यक्तिहरुले सो कोषमा सहयोग गर्दै आएका छन् । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सहयोग सम्बन्धि जानकारी दिनुभएको हो ।
सामाजिक उत्तरदायित्व बहन अन्तर्गत सहयोग गर्न लागिएको बैंकले जनाएको छ ।
Facebook Comments

