विश्वभर ३३ लाख बढीमा कोरोना भाइरसको संक्रमण

कोरोना भाइरस(कोभिड १९)को विश्वभर ३३ लाख ८ हजार ८ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ ।

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड १९)को संक्रमणका कारण २ लाख ३४ हजार १ सय ३३ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना भाइरस संक्रमित मध्ये झण्डै एक तिहाईले स्वास्थ्य लाभ गरिसकेका छन् ।

पछिल्लो तथ्याकं अनुसार १० लाख ४२ हजार ९ सय ९३ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।

कोरोना भाइरसको संक्रमितमध्ये झण्डैं एक तिहाई संक्रमित अमेरिकामा भेटिएका छन् ।

अमेरिकामा १० लाख ९५ हजार ३ सय ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो विश्वभरका कूल संक्रमितको ३३ प्रतिशतभन्दा बढी हो ।

यस भाइरसका अमेरिकामा मात्रै ६३ हजार ८ सय ७१ जनाको मृत्यु भएको छ । जुन विश्वभरको कूल मृत्यु संख्याको एक चौथाई बढी हो ।

अमेरिकापछि स्पेनमा २ लाख ३९ हजार ६ सय ३९ जनामा संक्रमण देखिएको छ भने २४ हजार ५ सय ४३ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण अमेरिकामा पछि इटालीमा धेरै संख्यामा मृत्यु भएको छ ।

इटालीमा २७ हजार ९ सय ६७ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने २ लाख ५ हजार ४ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

फ्रान्समा १ लाख ६७ हजार १ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २४ हजार ३ सय ७६ जनाको मृत्यु भएको छ ।

जर्मनीमा पनि १ लाख ६३ हजार ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ हजार ६ सय २३ जनाको मृत्यु भएको छ ।

बेलायतमा संक्रमितको संख्या १ लाख ७१ हजार २ सय ५३ रहेकामा मृत्यु हुनेको संख्या २६ हजार ७ सय ७१ पुगेको छ ।

टर्कीमा १ लाख २० हजार २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ३ हजार १ सय ७४ जनाको मृत्यु भएको छ ।

इरानमा ९४ हजार ६ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ६ हजार २८ जनाको मृत्यु भएको छ ।

रसियामा १ लाख ६ हजार ४ सय ९८ जनामा संक्रमण देखिएकोमा १ हजार ७३ जनाको मृत्यु भएको छ ।

त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ८७ हजार १ सय ८७ जनामा संक्रमण भएकोमा ६ हजार ६ जनाको मृत्यु भएको छ ।

क्यानडामा ५३ हजार २ सय ३६ जना संक्रमित हुँदा ३ हजार १ सय ८४ जनाको मृत्यु भएको छ ।

त्यस्तै बेल्जियममा ४८ हजार ५ सय १९ जनामा संक्रमण भएकोमा ७ हजार ५ सय ९४ जनाको मृत्यु भएको छ ।

त्यस्तै नेदरल्याण्डस्मा ३९ हजार ३ सय १६ मा संक्रमण देखिएकोमा ४ हजार ७ सय ९५ जनाको मृत्यु भएको छ ।

पेरुमा ३३ हजार ९ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा १ हजार ५१ जनाको मृत्यु भएको छ ।

भारतमा ३५ हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ हजार १ सय ५४ जनाको मृत्यु भएको छ ।

स्वीजरल्याण्डमा २९ हजार ५ सय ८६ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ भने १ हजार ७ सय ३७ जनाको मृत्यु भएको छ ।

पोर्चुगलमा २५ हजार ४५ जनामा संक्रमण हुँदा ९ सय ८९ जनाको मृत्यु भएको छ ।

इक्वेडरमा २४ हजार ९ सय ३४ जना संक्रमित भएका छन् भने ९ सय जनाको मृत्यु भएको छ ।

साउदी अरवमा २२ हजार ७ सय ५३ जना संक्रमित भएकोमा १ सय ६२ जनाको मृत्यु भएको छ भने स्वीडेनमा २१ हजार ९२ जना संक्रमित भएका छन् ।

स्वीडेनमा कोरोना भाइरसका कारण २ हजार ५ सय ८६ जनाको मृत्यु भएको छ ।

आयरल्याण्डमा २० हजार ६ सय १२ जनामा संक्रमण हुँदा १ हजार २ सय ३२ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा १९ हजार २ सय २४ जनामा संक्रमण हुँदा १ हजार ८ सय ५९ जनाको मृत्यु भएको छ ।

इजरायलमा १५ हजार ९ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण हुँदा २ सय २२ जनाको मृत्यु भएको छ ।

अष्ट्रियामा १५ हजार ४ सय ५२ जनामा संक्रमण देखिएकोमा ५ सय ८४ जनाको मृत्यु भएको छ ।

सिंगापुरमा १६ हजार १ सय ६९ जनामा संक्रमण देखिएकोमा १५ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा १६ हजार ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ भने ३ सय ८५ जनाको मृत्यु भएको छ ।

चिलीमा १६ हजार २३ जनामा संक्रमण भएको छ भने २ सय २७ जनाको मृत्यु भएको छ ।

जापनमा १३ हजार ८ सय ९५ जनामा यो भाइरसको संक्रमण भेटिएको छ भने ४ सय १३ जनाको मृत्यु भएको छ ।

बेलारुसमा १४ हजार २७, कतारमा १३ हजार ४ सय ९, रोमानियामा १२ हजार २ सय ४०, पोल्याण्डमा १२ हजार ८ सय ७७, दक्षिण कोरियामा १० हजार ७ सय ७४ जना, संयुक्त अरव इमिरेट्समा १२ हजार ४ सय ८१ भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।

चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।

Facebook Comments