विश्वभर ३४ लाख बढीमा कोरोना भाइरसको संक्रमण
कोरोना भाइरस(कोभिड १९)को विश्वभर ३४ लाख २ हजार १८ जनामा कोरोना संक्रमण देखिएको छ ।
वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड १९)को संक्रमणका कारण २ लाख ३९ हजार ६ सय २२ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोना भाइरस संक्रमित मध्ये झण्डै एक तिहाईले स्वास्थ्य लाभ गरिसकेका छन् । पछिल्लो तथ्याकं अनुसार १० लाख ८३ हजार ९ सय १ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।
कोरोना भाइरसको संक्रमितमध्ये झण्डंै एक तिहाई संक्रमित अमेरिकामा भेटिएका छन् । अमेरिकामा ११ लाख ३१ हजार ४ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो विश्वभरका कूल संक्रमितको ३३ प्रतिशतभन्दा बढी हो ।
यस भाइरसका अमेरिकामा मात्रै ६५ हजार ७ सय ७६ जनाको मृत्यु भएको छ । जुन विश्वभरको कूल मृत्यु संख्याको एक चौथाई बढी हो ।
अमेरिकापछि स्पेनमा २ लाख ४२ हजार ९ सय ८८ जनामा संक्रमण देखिएको छ भने २४ हजार ८ सय २४ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण अमेरिकामा पछि इटालीमा धेरै संख्यामा मृत्यु भएको छ ।
इटालीमा २८ हजार २ सय ३६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने २ लाख ७ हजार ४ सय २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
बेलायतमा १ लाख ७७ हजार ४ सय ५४ जना संक्रमित भेटिएकोमा २७ हजार ५ सय १० जनाको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ६७ हजार ३ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २४ हजार ५ सय ९४ जनाको मृत्यु भएको छ ।
जर्मनीमा पनि १ लाख ६४ हजार ७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ हजार ७ सय ३६ जनाको मृत्यु भएको छ ।
टर्कीमा १ लाख २२ हजार २ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ३ हजार ५ सय २८ जनाको मृत्यु भएको छ ।
रसियामा १ लाख १४ हजार ४ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण भएको छ भने त्यहाँ मृत्युदर निकै कम देखिएको छ ।
रसियामा हालसम्म कोरोना भाइरसको कारण १ हजार १ सय ६९ जनाको मृत्यु भएको छ । यो अन्य मुलुकको तुलनामा निकै कम हो ।
इरानमा ९५ हजार ६ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ६ हजार ९१ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ९२ हजार २ सय २ जनामा कोरोना भाइरसको संक्रमण भएकोमा ६ हजार ४ सय १२ जनाको मृत्यु भएको छ ।
त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।
क्यानडामा ५५ हजार ६१ जना संक्रमित हुँदा ३ हजार ३ सय ९१ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।

