नेकपाकाे सचिवालय बैठक २५ गते बस्ने, बामदेवलाइ प्रतिनिधिसभामा लैजान पहल गर्ने
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीकाे सचिवालय बैठक सम्पन्न भएकाे छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र शीर्ष नेताहरूले कमीकमजाेरीप्रति आत्मालोचना गरेकाे पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयाे ।
उहाँका अनुसार सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गाैतमलाइ उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय समेत गरेकाे छ ।
पार्टी एकताविराेधी गतिविधि तत्काल राेक्न सम्पूर्ण नेता कार्यकर्तालाइ निर्देशन दिने, पार्टीकाे स्थायी समितिकाे बैठक २५ गते बस्ने र साे काे तयारीका लागि २४ गते पुनः सचिवालय बैठक बस्ने निर्णय भएकाे उहाँले जानकारी दिनुभयाे ।
यसअघि प्रधानमन्त्रीले १७ गते बसेकाे बैठकमा बामदेव गाैतमलाइ प्रधानमन्त्री र माधवकुमार नेपाललाइ तेस्राे अध्यक्ष बनाउन प्रस्ताव गर्नुभएकाे थियाे ।
अव सरकार पार्टीकाे नीति र निर्देशनमा चल्ने निर्णय भएकाे पनि उहाँले जानकारी दिनुभयाे ।

