विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट संक्रमित बढ्दै

विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ६३ लाख ८३ हजार ८ सय २५ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ ।

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार हालसम्म ३ लाख ७७ हजार ७ सय ८९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

हालसम्म २९ लाख २० हजार ८ सय ९६ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।

कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै संख्यामा अमेरिकामा भेटिएका छन् । अमेरिकामा १८ लाख ५९ हजार ५ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यस भाइरसका अमेरिकामा १ लाख बढीले ज्यान गुमाएका छन् । अमेरिकामा मात्रै १ लाख ६ हजार ९ सय २७ जनाको मृत्यु भएको हो ।

अमेरिकापछि सबैभन्दा बढी ब्राजिलमा ५ बढी लाख संक्रमित भेटिएका छन् । ब्राजिलमा ५ लाख २९ हजार ४ सय ५ जनामा संक्रमण देखिएको छ भने ३० हजार ४६ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण अमेरिकामा पछि बेलायतमा धेरै संख्यामा मृत्यु भएको छ ।

बेलायतमा ३९ हजार ४५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने २ लाख ७६ हजार ३ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

रसियामा ४ लाख २३ हजार ७ सय ४१ जना संक्रमितमध्ये ५ हजार ३७ जनाको मृत्यु भएको छ ।

स्पेनमा २ लाख ८६ हजार ७ सय १८ जना संक्रमित भेटिएका छन् भने २७ हजार १ सय २७ जनाको मृत्यु भएको छ ।

इटालीमा २ लाख ३३ हजार १ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मा ३३ हजार ४ सय ७५ जनाको मृत्यु भएको छ ।

भारतमा पनि संक्रमितको संख्या झण्डै २ लाख पुगेको छ । मंगलबार साँझसम्म १ लाख ९९ हजार ३ सय ४३ जना संक्रमित भेटिएका छन् भने ५ हजार ६ सय १० जनाको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ८९ हजार २ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २८ हजार ८ सय ३३ जनाको मृत्यु भएको छ ।

जर्मनीमा पनि १ लाख ८३ हजार ७ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८ हजार ६ सय १८ जनाको मृत्यु भएको छ ।

पेरुमा १ लाख ७० हजार ३९ जना संक्रमित मध्ये ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।

टर्कीमा १ लाख ६४ हजार ७ सय ६९ जना संक्रमितमध्ये ४ हजार ५ सय ६३ जनाको मृत्यु भएको छ ।

इरानमा १ लाख ५४ हजार ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ७ हजार ८ सय ७८ जनाको मृत्यु भएको छ ।

चिलीमा १ लाख ५ हजार १ सय ५९ जना संक्रमित मध्ये १ हजार १ सय १३ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ९३ हजार ४ सय ३५ जना संक्रमितमध्ये १० हजार १ सय ६७ जनाको मृत्यु भएको छ ।

क्यानडामा ९१ हजार ७ सय ५ जना संक्रमितमध्ये ७ हजार ३ सय २६ जनाको मृत्यु भएको छ ।

साउदी अरवमा ८७ हजार १ सय ४२ संक्रमितमध्ये ५ सय २५ जनाको मृत्यु भएको छ ।

त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।

त्यस्तै बेल्जियममा ५८ हजार ५ सय १७ जनामा संक्रमण भएकोमा ९ हजार ४ सय ८६ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा ७६ हजार ३ सय ९८ जना संक्रमितमध्ये १ हजार ६ सय २१ जनाको मृत्यु भएको छ ।

कतारमा ५८ हजार ४ सय ३३ जना संक्रमितमध्ये ४० जनाको मृत्यु भएको छ ।

बंगलादेश, नेदरल्याण्डस्मा ४५ हजार बढी संक्रमित भेटिएको छन् । बेलारुस, इक्वेडर, स्वीडेन, सिंगापुर, संयुक्त अरव इमिरेड्स, दक्षिण अफ्रिका लगायतका मुलुकमा ३० हजार बढी संक्रमित भेटिएका छन् ।

पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।

चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।

अमेरिका बेलायत लगायतका मुलुकमा पनि यस भाइरस विरुद्धको खोप तयार पार्न अनुसन्धानकर्ताहरु जुटिरहेका छन् ।

Facebook Comments