काेराेना संक्रमितकेा संख्या २१ सय नाघ्याे

मंगलबारमात्रै २९३ जनामा काेराेना संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार २ सय ८८ जना र विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएकाे परीक्षणपछि झापामा थप पाँचजना कोरोना संक्रमण पुष्टि भएको हाे ।

याेसँगै २ हजार १ सय ४ जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ । नेपालमा संक्रमित देखिएका अधिकांश भारतबाट फर्केर क्वारेन्टाइनमा बसेकाहरू रहेका छन् ।

संक्रमितकाे संख्या बढेसँगै लक्षण नदेखिएकाहरूलाइ सेल्फ क्वारेन्टाइनमा बस्न लगाउने तयारीमा सरकार लागेकाे छ ।

नेपालमा संक्रमितमध्ये ८ जनाकाे मृत्यु भएकाे छ भने हालसम्म २ सय ६६ जना भने निकाे भएर घर फर्किसकेका छन् ।

Facebook Comments