गण्डकी प्रदेशमा काेराेना भाइरसबाट संक्रमितकाे संख्या १ हजार नाघ्याे

गण्डकी प्रदेशमा काेराेना भाइरस(काेभिड १९)बाट संक्रमितकाे संख्या १ हजार नाघेकाे छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएकाे जानकारी अनुसार विहीबार काेराेना संक्रमितकाे संख्या १७ जना थपिएका छन् ।

याेसँगै गण्डकी प्रदेशमा १ हजार ३१ जनामा काेराेना भाइरस(काेभिड १९)काे संक्रमण देखा परेकाे छ । थपिएका १७ जनामध्ये १ जना कास्की र बाँकी १६ जना लमजुङका रहेका छन् ।

Facebook Comments