नेकपाद्वारा राष्ट्रियसभाका लागि उम्मेदवार चयन
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार चयन गरेकाे छ ।
उम्मेदवार सूचिमा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठकाे नाम समावेश छ । श्रेष्ठ अन्यबाट गण्डकी प्रदेशमा उम्मेदवार बन्न लाग्नुभएकाे हाे ।
यसअघि बामदेव गाैतमलाई राष्ट्रियसभामा लैजाने भन्ने चर्चा चलेपनि गाैतमकाे नाम उम्मेदवार सूचीमा समावेश छैन् ।
पार्टीकाे सचिवालय बैठकले प्रदेश १ मा नेकपाले महिला तर्फ इन्दु गौतम, दलितबाट गोपी अच्छामी र अन्यबाट देवेन्द्र दाहाल, प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेकपाले प्रदेश २ मा राजपासँग तालमेलको सहमति गरिसकेकाले साेही अनुसार पार्टीका तर्फबाट उम्मेदवारी तय गरेकाे हाे ।
त्यस्तै प्रदेश ३ बाट महिलामा गंगा बेलबासे र अन्यमा बेदुराम भुसाललाई उम्मेदवार बनाएको छ। भुसाल नेकपाका स्थायी समिति सदस्य हुन्।
गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने प्रदेश ५ मा महिलामा विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यकतर्फ जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईलाई उम्मेदवार बनाइएको छ।
त्यस्तै प्रदेश ६ मा नेकपाले अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुनिता बिसी, सुदूरपश्चिम प्रदेशबाट अन्यबाट तारामान स्वाँर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाइएकाे छ ।

