सांसद साहविरूद्ध पक्राउ पूर्जी जारी

नेपाल प्रहरीले कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद अभिषेकप्रताप साहविरूद्ध पक्राउ पूर्जी जारी गरेकाे छ ।

जिल्ला अदालत कपिलवस्तुमा सांसद साहविरूद्ध ज्यान मार्ने उद्याेगमा मुद्दा दर्ता भएसँगै बिहीबार पक्राउ पूर्जी जारी गरिएको हो।

ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएसँगै प्रहरीले सांसद साहलाई  पक्राउ गर्न प्रहरीले अदालतसँग पूर्जी मागेको थियो।

कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनील मल्लले साहलाई पक्राउ गर्न पूर्जी जारी भएकाे पुष्टी गर्नुभयाे ।

राप्रपा केन्द्रीय सदस्य तथा कलाकार श्याम मिश्रले साहविरूद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी बुधबार कपिलवस्तु प्रहरीमा दिएकाे बताइएकाे छ ।

सांसद साहले ‍पुस ५ गते आफ्नै घरमा बोलाएर कोठाभित्र थुनेर नसालु पदार्थ सुँघाई कुटपिट गरेको राप्रपा नेता मिश्रको जाहेरीमा उल्लेख छ।

काँग्रेसबाट निर्वाचित साह भारतमा रहेकाे बुझिएकाे छ ।

Facebook Comments