काेराेना भाइरसकाे संक्रमण फैलंदाे, काेरियाद्वारा काेराेनाविरूद्ध युद्धकाे घाेषणा
चीनबाट शुरू भएकाे काेराेना भाइरस(काेभिड-१९)काे संक्रमण विश्वव्यापी भइरहेकाे छ ।
याे भाइरसका कारण विश्वमा स्वास्थ्य क्षेत्र मात्र नभइ विश्व अर्थतन्त्र समेत प्रभावित हुने अवस्थामा पुगेकाे छ ।
यसैवीच झण्डै ५ हजार जनामा काेराेना भाइरसकाे संक्रमण देखिएपछि दक्षिण कोरियाले कोभिड-१९ विरूद्ध युद्धको घोषणा गरेको छ।
दक्षिण काेरियाका राष्ट्रपति मुन जाइ इनले मंगलबार देश कोरोनाभाइरसविरूद्ध युद्धमा गइसकेको बताए।
कोरियामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ४ हजार ८ सय १२ जना पुगेको छ भने २८ जनाकाे मृत्यु भइसकेकाे छ ।
सोमबारमात्र कोरियामा ६ सय जना थप व्यक्तिमा संक्रमण देखिएको हाे ।
राष्ट्रपति मुनले भाइरसविरूद्धको लडाइँमा २५ अर्ब अमेरिकी डलर बजेट विनियाेजन गरेकाे जानकारी दिनुभयाे ।
काेरियाली सरकारी सञ्चार माध्यम योन्हाप न्युज एजेन्सीका काेरियाली सरकारले सबै सरकारी कार्यालयलाई २४ घन्टे आकस्मिक कक्ष बनाउन निर्देशन दिएकाे छ ।
राष्ट्रपति मुनले कोरिनाविरूद्धको लडाइँ यसअघि नै गम्भीर मोडमा पुगिसकेको बताउनुभयाे ।
कोरियाको थेगु सहरबाट कोभिड-१९ को संक्रमण सुरू भएकाे हाे । सुरूमा त्यहाँको एक चर्चबाट भाइरस फैलिएको थियो।
यसैबीच कोभिड-१९ भाइरस फैलाएको आरोपमा थेगुको सिन्चियोन्जी चर्च अफ जिसस विरूद्ध छानविन सुरू गरिएकाे सरकारी अधिकारीहरूले बताएका छन् ।

