काेराेना भाइरसबाट ३११९ काे मृत्यु, ९० हजार बढी संक्रमितः विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ अर्थात् कोरोना भाइरस सम्पूर्ण विश्वका लागि जाेखिमपूर्ण रहेकाे बताएकाे छ ।

यस भाइरस अनाैठाे भएकाले यसका कारण विश्वको अवस्था के होला भनेर अनुमान गर्न नसकिने पनि विश्व स्वास्थय संगठनले जनाएकाे छ ।

सङ्गठनका प्रमुख टेड्रोस अडानोम गेब्रेयसिसले कोरोना भाइरस अनौठो खालको भएको र अहिलेसम्म नियन्त्रणको सही उपाय नभेटिएको पनि उल्लेख गर्नुभएकाे छ ।

कोरोनाको सङ्क्रमण रोक्नका लागि तत्काल विश्वका सबै देशले एक भएर काम गर्नुको विकल्प नरहेको उहाँले स्पष्ट पार्नुभयाे । 

चीनको वुहानबाट सुरु भएकाे कोरोनाको सङ्क्रमण अहिलेसम्म ७६ देशमा फैलिसकेको छ । कोरोनाको सङ्क्रमणबाट तीन हजार एक सय १९ जनाकाे मृत्यु भइसकेकाे छ भने ९० हजार तीन सय ३१ जनामा सङ्क्रमण भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार ४८ हजार एक सय ४६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

गएको २४ घण्टामा चीनमा ३२, अमेरिकामा ४ र दक्षिण कोरियामा ६ जना गरि ३८ जनाको ज्यान गएको छ भने चीन, दक्षिण कोरिया, अमेरिकामा ६ सय ७ जना नयाँ सङ्क्रमित भेटिएको छ ।

९० हजार ९ सय ३१ जनामा सङ्क्रमण रहेकोमा चीनमा मात्रै ८० हजार एक सय ५१ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । अहिलेसम्म ज्यान गुमाएका मध्ये १ सय ७२ जना बाहेक सबै चीनका नागरिक रहेका छन् भने धेरै जना ८० वर्ष उमेर कटेका छन् भने ९ वर्ष उमेरमुनिका कसैको पनि ज्यान नगएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । 

Facebook Comments