कोरोना भाइरसबाट संक्रमितको संख्या १० लाख ३५ नाघ्यो
कोरोना भाइरस(कोभिड–१९) बाट विश्वभर १० लाख १४ हजार ९ सय ४३ जना संक्रमित भएका छन् ।
यो भाइरसको कारण सबैभन्दा धेरै अमेरिकामा २ लाख ४४ हजार ८ सय ७७ जना संक्रमित भएका छन् ।
त्यस्तै इटालीमा १ लाख १५ हजार २ सय ४२, स्पेनमा १ लाख १२ हजार ६५, जर्मनीमा ८४ हजार ७ सय ९४, चीनमा ८२ हजार ३ सय ८, फ्रान्समा ५९ हजार १ सय ५ जनामा संक्रमण भएको छ ।
त्यस्तै इरानमा ५० हजार ४ सय ६८, बेलायतमा ३३ हजार ७ सय १८, स्वीजरल्याण्डमा १८ हजार ८ सय २७, टर्कीमा १८ हजार १ सय ३५, बेल्जियममा १५ हजार ३ सय ४८, नेदरल्याण्डस्मा १४ हजार ६ सय ९७, क्यानडामा ११ हजार २ सय ८३, अष्ट्रियामा ११ हजार १ सय २९ जना संक्रमित भएका छन् ।
त्यस्तै दक्षिण कोरिया ९ हजार ९ सय ७६, ब्राजिलमा ८ हजार ४४, इजरायलमा ६ हजार ८ सय ५७, अष्टे«लियामा ५ हजार ३ सय १४, स्वीडेनमा ५ हजार ५ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ ।
डेनमार्क, इक्वेडर, चिली, रसिया, आयरल्याण्ड लगायतका मुलुकमा संक्रमितको संख्या ३ हजार भन्दा माथि पुगेको छ ।
दक्षिण एशियाली मुलुकहरु भारत, पाकिस्तानमा संक्रमितको संख्या क्रमशः २ हजार ५ सय ४३ र २ हजार ४ सय २१ पुगेको छ । दर्जन बढी मुलुकमा संक्रमितको संख्या १ हजार नाघेको छ ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन अधिकांश मुलुकहरुमा लकडाउन (घरबाट बाहिर ननिस्कन) पालना गर्न भनिएको छ । यस रोग फैलन नदिन होम क्वारेन्टाइ, सेल्फ क्वारेन्टाइन नै उपयुक्त विधि रहेको बताइएको छ । साथै विश्व स्वास्थ्य संगठनले परीक्षणको दायरा बढाएर संक्रमितहरुको पहिचान गर्न अपिल गर्दै आएको छ ।
कोरोना भाइरसको कारण हालसम्म विश्वभर ५३ हजार १ सय ६६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै इटालीमा १३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ ।
स्पेनमा १० हजार ३ सय ४८, फ्रान्समा ५ हजार ३ सय ८७, अमेरिकामा ६ हजार ७०, चीनमा ३ हजार ३ सय १८, इरानमा ३ हजार १ सय ६०, बेलायतमा २ हजार ९ सय २१ जनाको मृत्यु भएको हो ।
त्यस्तै गरी जर्मनीमा ९ सय ३१, बेल्जियममा ८ सय २८, नेदरल्याण्डस्मा १ हजार ३ सय ९९ जनाको मृत्यु भएको छ । स्वीजरल्याण्डमा ५ सय ३६ जनाको मृत्यु हुँदा स्वीडेन, ब्राजिल ३ सय २४, पोर्चुगल २ सय ९, क्यानडा १ सय ७३, अष्ट्रिया १ सय ५८, डेनमार्क मा १सय २३ र टर्कीमा ३ सय ५६ जनाको मृत्यु भएको छ । रोमानियामा १ सय १५, फिलिपिन्समा १ सय ७, इन्डोनेसियामा १ सय १७, इक्वेडरमा १ सय २० जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको संक्रमणले अमेरिका र युरोपेली मुलुकलाई यतिबेला आक्रान्त पारेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण पछिल्ला दिनहरुमा युरोप र अमेरिकामा तीव्र रुपमा फैलिएको हो ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
विज्ञहरुले कोरोना भाइरस संक्रमण विरुद्ध खोपको विकास गरिरहेका छन् भने हाल चालू रहेका औषधिको समेत प्रयोग गरिरहेका छन् ।
नेपालमा हालसम्म परीक्षण गरिएकामध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा १ जनालाई पूर्ण रुपमा निको भइसकेको छ भने अन्य ५ जना उपचारको क्रममा रहेका छन् ।
नेपालमा भेटिएका संक्रमितहरु सबै विदेशबाट नेपाल आएकाहरु रहेका छन् ।

