विश्वभर झण्डै ३५ लाखमा कोरोना भाइरसको संक्रमण
कोरोना भाइरस(कोभिड १९)को विश्वभर झण्डै ३५ लाख मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो तथ्याकं अनुसार विश्वभर ३४ लाख ८५ हजार २ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ ।
वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड १९)को संक्रमणका कारण २ लाख ४४ हजार ८ सय ३ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोना भाइरस संक्रमित मध्ये झण्डै एक तिहाईले स्वास्थ्य लाभ गरिसकेका छन् । पछिल्लो तथ्याकं अनुसार ११ लाख २४ हजार ४ सय ११ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।
कोरोना भाइरसको संक्रमितमध्ये झण्डंै एक तिहाई संक्रमित अमेरिकामा भेटिएका छन् । अमेरिकामा ११ लाख ६० हजार ८ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो विश्वभरका कूल संक्रमितको ३३ प्रतिशतभन्दा बढी हो ।
यस भाइरसका अमेरिकामा मात्रै ६७ हजार ४ सय ४८ जनाको मृत्यु भएको छ । जुन विश्वभरको कूल मृत्यु संख्याको एक चौथाई बढी हो ।
अमेरिकापछि स्पेनमा २ लाख ४५ हजार ५ सय ६७ जनामा संक्रमण देखिएको छ भने २५ हजार १ सय जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण अमेरिकामा पछि इटालीमा धेरै संख्यामा मृत्यु भएको छ ।
इटालीमा २८ हजार ७ सय १० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने २ लाख ९ हजार ३ सय २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
बेलायतमा १ लाख ८२ हजार २ सय ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २८ हजार १ सय ३१ जनाको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ६८ हजार ३ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २४ हजार ६ सय ७० जनाको मृत्यु भएको छ ।
जर्मनीमा पनि १ लाख ६४ हजार ९ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ हजार ८ सय १२ जनाको मृत्यु भएको छ ।
जर्मनीको मृत्युदर स्पेन, इटाली, बेलायत र फ्रान्सको तुलनामा निकै कम रहेको छ ।
टर्कीमा १ लाख २४ हजार ३ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ३ हजार ३ सय ३६ जनाको मृत्यु भएको छ ।
रसियामा १ लाख २४ हजार ५४ जनामा कोरोना संक्रमण भेटिएको छ ।
मृत्युदर भने न्यून रहेको रसियामा १ हजार २ सय २२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
ब्राजिलमा ९७ हजार १ सय संक्रमितमध्ये ६ हजार ७ सय ६१ जनाको मृत्यु भएको छ ।
इरानमा ९६ हजार ८ सय ७७ जना संक्रमित भएकोमा ६ हजार १ सय ५६ जनाको मृत्यु भएको छ ।
त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।
त्यसै गरी क्यानडामा ५६ हजार ७ सय १४ जनामा संक्रमण भएकोमा ३ हजार ५ सय ६६ जनाको मृत्यु भएको छ ।
बेल्जियममा ४९ हजार ५ सय १७ जना संक्रमितमध्ये ७ हजार ७ सय ६५ जनाको मृत्यु भएको छ ।
पेरुमा ४२ हजार ५ सय ३४ जना संक्रमित मध्ये १ हजार २ सयको मृत्यु भएको छ ।
नेदरल्याण्ड्समा ४० हजार २ सय ३६ जना संक्रमित भएका छन भने ४ हजार ९ सय ८७ जनाको मृत्यु भएको छ ।
भारतमा ३९ हजार ९ सय ८० जनामा संक्रमण देखिएको छ भने १ हजार ३ सय २३ जनाको मृत्यु भएको छ ।
स्वीजरल्याण्डमा २९ हजार ८ सय १७ जनामा संक्रमण भएको छ भने १ हजार ७ सय ६२ जनाको मृत्यु भएको छ ।
इक्वेडरमा २७ हजार ४ सय ६४ जनामा संक्रमण भएको १ हजार ३ सय ७१ जनाको मृत्यु भएको छ । साउदी अरव र पोर्चुगलमा २५ हजार बढी संक्रमित भेटिएका छन् । पोर्चुगलमा १ हजार २३ जनाको यो भाइरसका कारण मृत्यु भएको छ ।
मेक्सिकोमा र स्वीडेनमा २२ हजार बढी संक्रमित भएका छन् भने क्रमशः २ हजार ६१ जना र २ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ ।
आयरल्याण्डमा २१ हजार १ सय ७६ जना संक्रमित मध्ये १ हजार २ सय ८६ जनाको मृत्यु भएको छ ।
पाकिस्तान, चिली, सिंगापुर, इजरायल, बेलारुस, अष्ट्रिया लगायतका मुलुकमा १५ हजार बढी संक्रमित भेटिएका छन् ।
कतार, जापान, पोल्याण्ड, संयुक्त अरव इमिरेट्स, रोमानिया, युक्रेन, इन्डोनेसिया, दक्षिण कोरिया लगायतका मुलुकमा संक्रमितको संख्या १० हजार नाघेको छ ।
पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ । विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।
चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।
अमेरिका बेलायत लगायतका मुलुकमा पनि यस भाइरस विरुद्धको खोप तयार पार्न अनुसन्धानकर्ताहरु जुटिरहेका छन् ।

