बजेट अधिवेशन बैशाख २६ गते बाेलाउन सिफारिश
सरकारले संसदको वजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले बैशाख २६ मा बजेट अधिवेशन बोलाउने निर्णय गरेको हाे ।
सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकाले पनि बैशाखभित्रै बजेट अधिवेशन बाेलाउनुपर्ने बाध्यात्मक परिस्थिति रहेकाे छ ।
बजेटअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र संसदबाट पारित हुनुपर्ने प्रावधान पनि रहेकाे छ।
मन्त्री परिषद् बैठकमा पार्टी एकताबद्ध भएकाे भन्दै उत्साही भएर काम गर्न प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाइ निर्देशन दिनुभएकाे एक मन्त्रीले जानकारी दिए ।
Facebook Comments

