नेपालमा थप १६ जनामा कोरोना संक्रमण

संक्रमितकाे संख्या ७५ पुग्याे

नेपालमा थप १८ जनामा (कोभिड १९)कोरोना भाइरसको संक्रमण भएको छ ।

नेपालगञ्जमा यसअघिका संक्रमितको सम्पर्कमा रहेका ९० जनाको स्वाब परीक्षण गरिएकाेमा ६० जनाको रिपोर्ट आएको र जसमध्ये १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । अर्का १ जना वीरगञ्ज पर्सा निवासी पुरूष रहेका छन् ।

योसँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ । संक्रमितमध्ये १६ जना भने निको भएपछि घर फर्किसकेका छन् ।

संक्रमित ७ देखि ७५ बर्ष उमेरसम्मका रहेका छन् । अधिकांश ५० बर्ष आसपासका रहेका छन् । उनीहरु ३ पहिले भेटिएका मस्जिदमा आउजाउ गर्ने मौजिनको सम्पर्कमा रहेका व्यक्तिहरु हुन् ।

नेपालका कूल संक्रमित मध्ये १६ जना उपचारपछि घर फर्केका छन् भने ५९ जना विभिन्न अस्पतालका आइसोलेशन वार्डमा उपचार गराई रहेका छन् ।

नेपालमा भेटिएका कोरोना संक्रमितमा खासै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था पनि सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Facebook Comments