विश्वभर कोरोना भाइरसबाट १ करोड ८२ लाख बढी संक्रमित
विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ ।
वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट १ करोड ८२ लाख ४६ हजार ३ सय ३९ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ ।
हालसम्म ६ लाख ९२ हजार ९ सय ७२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
हालसम्म १ करोड १४ लाख ५३ हजार ८ सय ९ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।
अमेरिकामा मात्रै ४८ लाख बढी संक्रमित
कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै संख्यामा अमेरिकामा भेटिएका छन् । अमेरिकामा ४८ लाख १३ हजार ६ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यस भाइरसका अमेरिकामा १ लाख ५८ हजार ३ सय ६५ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी ब्राजिलमा २७ लाख ३३ हजार ६ सय ७७ संक्रमित भेटिएका छन् भने ९४ हजार १ सय ३० जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
दक्षिण एशियाली मुलुक भारतमा संक्रमितको संख्या १८ लाख नाघेको छ । हालसम्म भारतमा १८ लाख ७ हजार २ सय २२ जना संक्रमितमध्ये ३८ हजार १ सय ७६ जनाको मृत्यु भएको छ ।
रसियामा ८ लाख ५६ हजार २ सय ६४ जना संक्रमितमध्ये १४ हजार २ सय ७ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकामा ५ लाख ११ हजार ४ सय ८५ जना संक्रमितमध्ये ८ हजार ३ सय ६६ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ४ लाख ३९ हजार ४६ जना संक्रमितमध्ये ४७ हजार ७ सय ४६ जनाको मृत्यु भएका छ ।
पेरुमा ४ लाख २८ हजार ८ सय ५० जना संक्रमितमध्ये १९ हजार ६ सय १४ जनाको मृत्यु भएको छ ।
चिलीमा ३ लाख ५९ हजार ७ सय ३१ जना संक्रमितमध्ये ९ हजार ६ सय ८ जनाको मृत्यु भएको छ ।
स्पेनमा ३ लाख ३५ हजार ६ सय २ जना संक्रमित भेटिएका छन् भने २८ हजार ४ सय ४५ जनाको मृत्यु भएको छ ।
कोलम्बियामा ३ लाख १७ हजार ६ सय ५१ संक्रमितमध्ये १० हजार ६ सय ५० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
इरानमा ३ लाख ९ हजार ४ सय ३७ जना संक्रमितमध्ये १७ हजार १ सय ९० जनाको मृत्यु भएको छ ।
बेलायतमा ३ लाख ४ हजार ६ सय ९५ जना संक्रमितमध्ये ४६ हजार २ सय १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।
पाकिस्तानमा २ लाख ८० हजार २९ जना संक्रमितमध्ये ५ हजार ९ सय ८४जनाको मृत्यु भएको छ ।
साउदी अरवमा २ लाख ७८ हजार ८ सय ३५ जना संक्रमितमध्ये २ हजार ९ सय १७ जनाको मृत्यु भएको छ । इटालीमा २ लाख ४८ हजार ७० संक्रमितमध्ये ३५ हजार १ सय ५४ जनाको मृत्यु भएको छ ।
बंगलादेशमा २ लाख ४० हजार ७ सय ४६, टर्कीमा २ लाख ३२ हजार ८ ससाय ५६, जर्मनीमा २ लाख ११ हजार ४ सय ६२, अर्जेन्टिनामा २ लाख १ हजार ९ सय १९ जना संक्रमित भेटिएका छन् । ति मुलुकहरुमा कूल २१ हजार बढीको मृत्यु भएको छ ।
दर्जन बढी मुलुकमा संक्रमितको संख्या लाख नाघेको छ ।
पछिल्लो दक्षिण एशिया र अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
परीक्षणबाट पुष्टी भएकाभन्दा १० गुणा बढीलाई कोरोना भएको हुन सक्ने विज्ञहरुको अनुमान रहेको छ ।
अवको १ महिनामा कोरोना भाइरस विरुद्धको खोप पत्ता लाग्न सक्ने अपेक्षा गरिएको छ ।
पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।

