काेराेनाबारे भ्रम फैलाइयाेःचीन
चीनले नाेवेल काेराेना भाइरसबारे भ्रम फैलाइएकाे टिप्पणी गरेकाे छ ।
चीनकाे वुहानबाट सुरू भएको नोवेल कोरोना भाइरसकाे संक्रमणविरूद्ध लड्न सहयाेग गर्नुकाे साटाे उल्टाे भ्रम फैलाउने काम भएकाे चीनकाे गुनासाे छ ।
खास गरी संयुक्त राज्य अमेरिकाले संसारभर त्रास फैलाएको आरोप चीनले लगाएको हाे।
सोमबार एक विज्ञप्ति जारी गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले भाइरसको संक्रमण रोक्न अमेरिकाले कुनै सहयोग नगरेको बताउनुभयाे ।
अमेरिकाबाहेक सबै देशले कोरोना भाइरसविरूद्ध लड्न चीनले गरिरहेका प्रयासमा साथ दिएकाे पनि प्रवक्ता चुनयिङकाे भनाइ छ।
अमेरिकी सरकारले आफ्ना कर्मचारीलाई फर्काउनुका साथै चिनियाँमाथि अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएर संसारमा त्रासमात्र फैलाउने काम गरेकाे चीनकाे ठहर छ ।
अमेरिकाले पछिल्लाे समयमा चीनकाे भ्रमण गर्ने विश्वका जुनसुकै मुलुकका नागरिकलाइ भिसा दिन कडाइ गरेकाे छ ।
सन् २०१८ र २०१९ मा अमेरिकामा रूघाबाट १ करोड ९० लाख मानिस संक्रमित भएको र तीमध्ये १० हजार जनाले ज्यान गुमाएको चिनीयाँ पक्षले जनाएकाे छ र भनेकाे छ साेकाे तुलनामा काेरोनाभाइरस त्यस्तो भयावह छैन ।
चीनमा साेमबारसम्म कोरोनाभाइरसबाट ३६१ जनाको मृत्यु भएको छ १७ हजार बढी संक्रमित भएका समाचारमा जनाइएकाे छ ।
चिनीयाँ सरकारले वुहान लगायतका सहरहरूमा अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्कन नागरिकहरूलाइ भनेकाे छ । उक्त स्थान हप्ताैंदेखि सुनसान छ भने विदेशका नागरिकहरूलाइ सम्बन्धित मुलुकले लैजाने क्रम जारी छ ।

