प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको सफल प्रत्यारोपण

प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ।

बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।

भाञ्जी समीक्षा संग्रौलाको शरीरबाट निकालिएको मिर्गौला ओलीको शरीरमा प्रत्यारोपणपछि काम गर्न थालेको चिकित्सकले जानकारी दिएका छन् ।

चिकित्सकका अनुसार प्रधानमन्त्रीको शरीरमा मिर्गौला सफलतापूर्वक प्रत्यारोपण भएको र नयाँ मिर्गौलाले काम गर्न थालिसकेकाे छ ।

प्रत्याराेपण गरिएकाे मिर्गाैलाले काम गर्न थालेसँगै जाेखिम कम हुँदै गएकाे चिकित्सककाे भनाइ छ । प्रत्यारोपणपछिको करिब २ घण्टामा प्रधानमन्त्रीको होस फर्किने चिकित्सकले अपेक्षा राखेकाे छन् ।

अहिले साढे ४ बजे पत्रकार सम्मेलन गरी विस्तृत जानकारी गराइने अस्पताल श्राेतले जनाएकाे छ ।

मिर्गाैला प्रत्याराेपण गरेपछि एक हप्ताभित्रमा सामान्य अवस्थामा अाउने र करिव ३ महिना अाराम गर्नुपर्ने हुन्छ ।

Facebook Comments