नेपालमा थप ३ जनामा काेराेना संक्रमण

नेपालमा एकैसाथ तीनजनामा कोरोना संक्रमण भेटिएको छ।

कैलाली र कन्चनपुरमा थप तीनजनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएक्कााे छ ।

शनिबार भेटिएका २ जना संक्रमित विदेशबाट फर्किएका र एक जनामा भने यसअघि चाैंथा संक्रमित युवाबाट काेराेना भाइरस सरेकाे बताइएकाे छ ।

मन्त्रालयका अनुसार सातौँ संक्रमित धनगढीका चौथो संक्रमित ३४ वर्षीय युवाकी भाउजु हुन्। यससँगै स्थानीयस्तरमै पनि कोरोना संक्रमण देखिएको हो।

याेसँगै पहिलो पटक नेपालमै बसेकामा पनि कोरोना भाइरसको संक्रमण देखिएकाे छ ।

आठौँ संक्रमित कैलालीको लम्कीनिवासी पुरुषमा देखिएको छ। २१ वर्षीय ती युवक केही समयअघि भारतको मुम्बईबाट आएको खुलेको छ। क्‍वारेन्टाइनमा राखिएका उनमा शुक्रबार साँझ कोरोना पुष्टि भएको हो।

त्यसैगरी नवौँ संक्रमण कञ्‍चनपुरको पेरकोटका ४१ वर्षीय पुरुषमा देखिएको हो। उनी रोजगारीका क्रममा भारतको उत्तराखण्ड थिए। नेपाल आएपछि क्‍वारेन्टाइनमा राखिएका उनमा पनि शुक्रबारै कोरोना पुष्टि भएको हो।

तीनैजनामा कोरोना संक्रमण पुष्टि भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार थालिएको छ।

कोरोना संक्रमित तीनैजनाको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ। नेपालमा स्थानीयमा नै काेराेना संक्रमण भेटिएपछि थप सजगता अपनाउनुपर्ने देखिएकाे छ ।

Facebook Comments