काेराेना नियन्त्रणका लागि सहकार्य गर्न विप्लव नेतृत्वकाे नेकपाकाे प्रस्ताव

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कोरोना भाइरसविरूद्ध लड्न सरकारसँग सहकार्य गर्न तयार रहकेाे जनाएकाे छ ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द(विप्लव)ले शनिबार एक विज्ञप्ति जारी गरेर सहकार्यका लागि तयार रहेकाे उल्लेख गर्नुभएकाे छ ।

‘कोरोना भाइरस सिङ्गो मानवजातिविरुद्धको समस्या हो भन्नेमा हामी स्पष्ट छौँ। कोरोना भाइरसविरुद्धको सङ्घर्षमा सबै शक्तिसँग पनि सहकार्य गर्न हाम्रो पार्टी तयार छ,’ महासचिव विप्लवद्वारा विज्ञप्तिमा भनिएको छ,‘पार्टी कार्यकर्ता र जनसेनाहरू हाल आफ्नो क्षेत्रबाट कोरोना भाइरसविरुद्धको सङ्घर्षमा सहभागी बनिरहेका छन्। आउँदा दिनमा यसलाई अरू व्यवस्थित प्रकारले जनचेतना फैलाउने, विश्व स्वास्थ्य सङ्गठनले निर्देशित गरेका मान्यताहरूलाई जनतामा पुर्याउन र जनतालाई उपचारमा सहयोग गर्नेछ।’

साथै विज्ञप्तिमा परीक्षणकाे दायरा बढाउन समेत माग गरिएकाे छ ।

Facebook Comments