विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या ३५ लाख नाघ्यो

विश्वभर ३५ लाख बढीमा कोरोना भाइरस(कोभिड १९)को संक्रमण देखिएको छ ।

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड १९)को संक्रमण ३५ लाख ६७ हजार १ जनामा देखिएको छ भने २ लाख ४८ हजार ३ सय १२ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना भाइरस संक्रमित मध्ये झण्डै एक तिहाईले स्वास्थ्य लाभ गरिसकेका छन् । पछिल्लो तथ्याकं अनुसार ११ लाख ५७ हजार ९ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।

कोरोना भाइरसको संक्रमितमध्ये झण्डंै एक तिहाई संक्रमित अमेरिकामा भेटिएका छन् । अमेरिकामा ११ लाख ८८ हजार ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यस भाइरसका अमेरिकामा मात्रै ६८ हजार ६ सय २ जनाको मृत्यु भएको छ । जुन विश्वभरको कूल मृत्यु संख्याको एक चौथाई बढी हो ।

अमेरिकापछि स्पेनमा २ लाख ४७ हजार ८ सय ९९ जनामा संक्रमण देखिएको छ भने २५ हजार ६ सय २४ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण अमेरिकामा पछि इटालीमा धेरै संख्यामा मृत्यु भएको छ ।

इटालीमा २८ हजार ८ सय ८४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने २ लाख १० हजार ७ सय १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बेलायतमा १ लाख ८६ हजार ५ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मा २८ हजार ४ सय ४६ जनाको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ६८ हजार ६ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २४ हजार ८ सय ९५ जनाको मृत्यु भएको छ ।

जर्मनीमा पनि १ लाख ६५ हजार ६ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ हजार ८ सय ६६ जनाको मृत्यु भएको छ ।

रसियामा १ लाख ३४ हजार ६ सय ८७ जनामा संक्रमण देखिएकोमा १ हजार २ सय ८० जनाको मृत्यु भएको छ ।

टर्कीमा १ लाख २६ हजार ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ३ हजार ३ सय ८७ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा १ लाख १ हजार ८ सय २६ जनामा संक्रमण देखिएको मा ७ हजार ५१ जनाको मृत्यु भएको छ ।

इरानमा ९७ हजार ४ सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ६ हजार २ सय ३ जनाको मृत्यु भएको छ ।

त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।

क्यानडामा ५९ हजार ४ सय ७४ जना संक्रमित हुँदा ३ हजार ६ सय ८२ जनाको मृत्यु भएको छ ।

त्यस्तै बेल्जियममा ४९ हजार ९ सय ६ जनामा संक्रमण भएकोमा ७ हजार ८ सय ४४ जनाको मृत्यु भएको छ ।

त्यस्तै पेरुमा ४५ हजार ९ सय २८ जनामा कोरोना भाइरसको संक्रमण भएकोमा १ हजार २ सय ८६ जनाको मृत्यु भएको छ ।

भारतमा ४२ हजार ६ सय ७० जनामा संक्रमण भएको छ भने १ हजार ३ सय ९५ जनाको मृत्यु भएको छ ।

नेदरल्याण्डस्मा ४० हजार ५ सय ७१ मा संक्रमण देखिएकोमा ५ हजार ५६ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।

चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।

अमेरिका बेलायत लगायतका मुलुकमा पनि यस भाइरस विरुद्धको खोप तयार पार्न अनुसन्धानकर्ताहरु जुटिरहेका छन् ।

Facebook Comments