सार्क मुलुकमा कोरोना भाइरसका कारण ७५ हजार बढी संक्रमित

विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण दक्षिण एशियाली मुलुक(सार्क)हरूमा समेत प्रभावित बनेका छन् । सार्क मलुकमा संक्रमितकाे संख्या ७५ हजार नाघेकाे छ ।

सार्क मुलुकहरुमा मात्र ७६ हजार ३ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने २ हजार १ सय २७ जनाको मृत्यु भएको छ ।

यस भाइरसका कारण भारतमा ४२ हजार ६ सय ७० जना संक्रमित भएकोमा १ हजार ३ सय ९५ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा २० हजार १ सय ८६ जनामा संक्रमण देखिएको छ भने ४ सय ६२ जनाको मृत्यु भएको छ ।

त्यसैगरी बंगलादेशमा ९ हजार ४ सय ५५ जनामा संक्रमण देखिएकोमा १ सय ७७ जनाको मृत्यु भएको छ ।

अफगानस्थानमा २ हजार ७ सय ४ जना संक्रमित मध्ये ८५ जनाको मृत्यु भएको छ । श्रीलंकामा ७ सय १८ संक्रमित मध्ये ७ जनाको मृत्यु भएको छ ।

माल्दिभ्समा ५ सय २७ जना संक्रमित मध्ये १ जनाको मृत्यु भएको छ । नेपालमा ७५ र भुटानमा ७ जना संक्रमित फेला परेका छन् ।

सार्क मुलुकहरुमा लकडाउन गरिएको छ । आन्तरिक तथा बाह्य हवाई उडान समेत बन्द गरिएको छ ।

Facebook Comments