प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसँग भेटवार्ता, मन्त्री र राज्यमन्त्रीसँग पनि परामर्श

पार्टीभित्रको विवादले सरकारसमेत अप्ठेरोमा परेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शनिवार भेटवार्ता गर्नुभएकाे छ ।

राष्ट्रपतिसँगकाे भेटवार्तापछि सरकारमा सहभागी मन्त्री र राज्यमन्त्रीसँग पनि प्रधानमन्त्रीले छलफल गर्नुभएकाे छ ।

मन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल अनौपचारिक भएको बुझिएकाे छ । गृहमन्त्री रामबहादुर थापा र उर्जामन्त्री बर्षमान पुन भने छलफलबाट बाहिरिनुभएकाे छ ।

पार्टीभित्र देखिएको विवाद सहमतिमा मिलाउन भन्दै नेकपा स्थायी कमिटी बैठक सोमवारसम्मका लागि स्थगित भएको छ । सहमतिको प्रयासस्वरुप अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अाइतवार छलफल हुने बताइएकाे छ ।

Facebook Comments