काेराेना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपाली सुरक्षितःचीन

चीनले कोराना प्रभावित वुहानमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित रहेको जानकारी दिएकाे छ ।

स्वास्थ्य क्षेत्रमा हुनसक्ने महामारी राेक्नका लागि केही समय घरबाहिर निस्कन राेक लगाउनुलाइ चीनले सामान्य भनेकाे छ ।

नेपालीहरुलाई उद्धार गर्ने हो भने विमानस्थल क्वारेन्टाइन, महामारी रोकथामको तयारी पूरा गर्न र विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)का नेपाल प्रतिनिधिसँग परामर्श गर्न चिनियाँ राजदूत हाेउ यान्छीले सुझाव दिनुभयाे ।

मंगलबार काठमाडौंमा सञ्चारकर्मीहरुसँगकाे कुराकानीमा उहाँले चीनमा रहेका नेपाली नागरिकहरु सुरक्षित रहेको स्पष्ट पार्नुभयाे ।

बेइजिङस्थित नेपाली दूताबाससँग चिनियाँ विदेश मन्त्रालयको नियमित सम्पर्क रहेकाे भन्दै राजदूत यान्छीले सबै सराेकारवाला निकायले विदेशका नागरिकहरूलाई राम्रो बन्दोबस्ती उपलब्ध गराउने प्रयासमा रहेकाे पनि उल्लेख गर्नुभयाे ।

राजदूत यान्छीले वुहानमा रहेका नेपालीहरुलाई उद्धार  गर्ने विषय कूटनीतिक माध्यमबाट कुराकानी गर्नुपर्ने बताउनुभयाे ।

नेपालले आफ्ना नागरिकलाई उद्धार गर्ने हाे भने विमानस्थल क्वारेन्टाइन, महामारी रोकथाम तथा नियन्त्रणकाे तयारी हुनुपर्ने र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसँग समेत सल्लाह गर्नुपर्ने यान्छीकाे धारणा थियाे ।

Facebook Comments