कोरोना भाइरसबाट संक्रमितको संख्या १२ लाख नाघ्यो
अमेरिकामा मात्रै एक चौथाई संक्रमित भेटिए
कोरोना भाइरस(कोभिड–१९) बाट विश्वभर १२ लाख १ हजार ४ सय ७६ जना संक्रमित भएका छन् ।
यो भाइरसको संक्रमण अमेरिकामा धेरै देखिएको छ । अमेरिकामा कूल संक्रमितको एक चौथाई संक्रमण देखिएको हो ।
अमेरिकामा ३ लाख ११ हजार ३ सय ५७ जना संक्रमित भएका छन् । त्यस्तै स्पेनमा १ लाख २६ हजार १ सय ६८ जनामा संक्रमण देखिएको छ भने इटालीमा १ लाख २४ हजार ६ सय ३२ जनामा संक्रमण देखिएको छ ।
जर्मनमीमा ९६ हजार ९२ जना, फ्रान्समा ८९ हजार ९ सय ५३ जना र चीनमा ८२ हजार ५ सय ४३ जना संक्रमित फेला परेका छन् ।
त्यस्तै इरानमा ५५ हजार ७ सय ४३, बेलायतमा ४१ हजार ९ सय ३, स्वीजरल्याण्डमा २० हजार ५ सय ५, टर्कीमा २३ हजार ९ सय ३४, बेल्जियममा १८ हजार ४ सय ३१, नेदरल्याण्डस्मा १६ हजार ६ सय २७, क्यानडामा १३ हजार ९ सय १२, अष्ट्रियामा ११ हजार ७ सय ८१ जना संक्रमित भएका छन् ।
त्यस्तै दक्षिण कोरिया १० हजार १ सय ५६, ब्राजिलमा १० हजार ३ सय ६०, इजरायलमा ७ हजार ८ सय ५१, अष्टे«लियामा ५ हजार ५सय ५०, नर्वेमा ५ हजार ५ सय ५०, स्वीडेनमा ६ हजार ४ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ ।
संक्रमण देखिएका अधिकांश देशहरुमा कोरोना भाइरसको संक्रमण बढ्दो छ । यसले प्रकोपको रुप लिइरहेको छ ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन अधिकांश मुलुकहरुमा लकडाउन (घरबाट बाहिर ननिस्कन) पालना गर्न भनिएको छ । यस रोग फैलन नदिन होम क्वारेन्टाइन, सेल्फ क्वारेन्टाइन नै उपयुक्त विधि रहेको बताइएको छ । साथै विश्व स्वास्थ्य संगठनले परीक्षणको दायरा बढाएर संक्रमितहरुको पहिचान गर्न अपिल गर्दै आएको छ ।
कोरोना भाइरसको कारण हालसम्म विश्वभर ६४ हजार ७ सय ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै इटालीमा १५ हजार ३ सय ६२ जनाको मृत्यु भएको छ ।
स्पेनमा ११ हजार ९ सय ४७, फ्रान्समा ७ हजार ५ सय ६०, अमेरिकामा ८ हजार ४ सय ५२, चीनमा ३ हजार ३ सय २९, इरानमा ३ हजार ४ सय ५२, बेलायतमा ४ हजार ३ सय १३ जनाको मृत्यु भएको हो ।
त्यस्तै गरी जर्मनीमा १ हजार ४ सय ४४, बेल्जियममा १ हजार २ सय ८३, नेदरल्याण्डस्मा १ हजार ६ सय ५१ जनाको मृत्यु भएको छ । स्वीजरल्याण्डमा ६ सय ६६ जनाको मृत्यु हुँदा स्वीडेनमा ३ सय ७३, ब्राजिल ४ सय ४५, पोर्चुगल २ सय ६६, क्यानडा २ सय ३१, अष्ट्रिया १ सय ८६, डेनमार्क मा १ सय ६१ र टर्कीमा ५ सय १ जनाको मृत्यु भएको छ ।
रोमानियामा १ सय ४६, इक्वेडरमा १ सय ७२, फिलिपिन्समा १ सय ४४, इन्डोनेसियामा १ सय ९१, अल्जेरियामा १ सय ३० दक्षिण कोरियामा १ सय ७७ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको संक्रमणले अमेरिका र युरोपेली मुलुकलाई यतिबेला आक्रान्त पारेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण पछिल्ला दिनहरुमा युरोप र अमेरिकामा तीव्र रुपमा फैलिएको हो ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
विज्ञहरुले कोरोना भाइरस संक्रमण विरुद्ध खोपको विकास गरिरहेका छन् भने हाल चालू रहेका औषधिको समेत प्रयोग गरिरहेका छन् ।
नेपालमा हालसम्म परीक्षण गरिएकामध्ये ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा १ जनालाई पूर्ण रुपमा निको भइसकेको छ भने अन्य ८ जना उपचारको क्रममा रहेका छन् ।
नेपालमा भेटिएका संक्रमितहरुमध्ये १ जनामा विदेशबाट आएका आफन्तबाट सरेको पाइएको छ । योसँगै नेपाल पनि कोरोना भाइरसको महामारीबाट दोस्रो चरणमा प्रवेश गरेको छ ।

